भदौ २३, काठमाडौँ | एक महिलाको पेटबाट चिकित्सकहरूले करिब ४५ किलो ओजनको ट्युमर निकालेका छन् । शल्यक्रियामा संलग्न डाक्टरहरू यति ठूलो ट्युमर देखेर छक्क परे । किनकि, उनीहरूले यसअघि यति ठूलो ट्युमर कुनै बिरामीमा देखेका थिएनन् ।

घटना ब्राजिलको रियो दि जेनेरियोस्थित साव जोस दु अभाइ (São José do Avai) अस्पतालको हो । न्युज एजेन्सी डेलीमेलका अनुसार सास फेर्न गाह्रो भएपछि ४५ वर्षीया महिलालाई अस्पताल भर्ना भएकी थिइन् । परीक्षणपछि डाक्टरले गत बुधबार सर्जरी थाले । र, महिलाको शरीरबाट १०० पाउण्ड ९४५ किलो ट्युमर बाहिर निकाले ।

समाचारमा जनाइएअनुसार, यो शल्यक्रिया पूरा गर्न १४ जना डाक्टरलाई पूरै २ घण्टा लागेको थियो । ट्युमर ४ फिट चौडा र ९ इन्च लामो थियो । अस्पतालका डा। ग्लोसियो बोचेटले फेसबुकमा ट्युमरका केही तस्वीर शेयर गरेका छन् । तस्वीर हेर्दा जोकोहीलाई अनौठो लाग्न सक्छ, यति ठूलो ट्युमर लिएर ती महिला पाँच वर्षदेखि कसरी बाँचिरहेकी थिइन् ।

डाक्टरहरू महिलाको स्वास्थ्य परीक्षणका केही रिपोर्ट पर्खिरहेका छन् । रिपोर्ट आएपछि महिलालाई क्यान्सर भएको वा नभएको थाहा हुने छ । महिला अहिले पनि अस्पतालमै छिन् । उनको हालत स्थिर छ । मेडिकल उपकरणको मद्दतबिना उनी सास लिन सक्छिन् ।