Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्मचारीले के गर्छन् भनेर जान्न कम्पनीले शौचालयभित्र लगायो सिसिटिभी क्यामरा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ५, काठमाडौँ | </b>एउटा चिनियाँ कम्पनीले ट्वाइलेट बुथ माथि सिसिटिभी क्यामेरा जडान गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ । कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेका थिए ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/b460273a5e9ac27cd9a48be8d358fc921663744134.jpg" style="width: 837px;"><br></p><p>कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय बनेको छ । विगतमा, शौचालयमा धेरै समय बिताएकोमा कर्मचारीको तलब कटौती गर्ने कम्पनीहरू, दिनमा एक पटकभन्दा बढी शौचालय प्रयोग गरेकोमा कामदारहरूलाई जरिवाना गर्ने कम्पनीहरू र शौचालयका बुथहरूमा टाइमर जडान गर्ने कम्पनीहरूको बारेमा पनि पढ्न पाइएको छ । तर फुइजान प्रान्तस्थित जियामेनको एउटा टेक्नोलोजी कम्पनीले जे गरेको छ, त्यो माथि दिइएका उदाहरणभन्दा पनि बढी विवादास्पद छ । उक्त कम्पनीले बाथरुम ब्रेकमा कुन कुन कर्मचारीले मोबाइल फोन चलाउँछन् भनेर निगरानी गर्न सिसिटिभी जोडेको थियो ।</p>