2026-09-03 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारमा जम्मा ४५ जनासँग मात्र छ यस्तो रगत जसको एक थोपा पनि सुन भन्दा महँगो छ

कात्तिक २९, एजेन्सी । बिश्वभरका मानिसहरुमा बिभिन्न ८ प्रकारका रगत छन् । जुन A+, A-, B+, B-, O+, O-, AB+, AB- हुन् । तर यसको अलावा पनि रगतको अर्को प्रकार पत्ता लागेको छ जुन विश्वभर जम्मा ४५ जना मानिसमा मात्र छ । जुन प्रकारको रगतको नाम हो ‘गोल्डेन ब्लड’ । 

गोल्डन ब्लड ग्रुप के हो ? 

गोल्डन ब्लड मानिसको शरीरमा पाइने एक फरक र एकदमै दुर्लभ ब्लड ग्रुप हो । जसको दोश्रो नाम आरएच नल (Rhnull) हो । संसारमा जम्मा ४५ जना मानिसको शरीरमा पाइएको यस्तो प्रकारको रगत संसारको जो कोहि मानिसको शारिरमा चढाउन सकिन्छ । 

Rhnull लाई गोल्डन ब्लड ग्रुप किन भनियो ? 

संसारमा ४५ जनासँग यस किसिमको ब्लड छ भनिए पनि यस्तो ब्लडको डोनर (रक्तदाता) जम्मा ९ जना मात्र छन् । त्यसैले यस्तो रगत जो दुर्लभ छ । जसको एक थोपाको मूल्य एक ग्राम सुनको मूल्य भन्दा बढी छ । यसै कारणले यस्तो रगतलाई गोल्डेन ब्लडको नाम दिईएको हो । 

गोल्डन ब्लडलाई Rhnull किन भनियो ? 

गोल्डन ब्लडलाई Rhnull यस कारण भनियो कि यो रगत त्यस्ता व्यक्तिमा मात्र पाइन्छ जसको Rh फ्याक्टर null हुन्छ ।

हाम्रो सरिरमा रगत बिभिन्न ३ तरिकाको सेल मिलेर बन्छ । १. रेड ब्लड सेल २. व्हाइट ब्लड सेल र ३. प्लेटलेट्स ।

हाम्रो शरीरको ब्लड ग्रुप कुन हो भन्ने कुरा दुई आधारले पहिचान हुन्छ । 

१. एन्टीबडी: व्हाइट ब्लड सेलमा रहेको प्रोटीनलाई भनिन्छ ।

२. एन्टीजेन: रेड ब्लड सेलमा रहेको प्रोटीनलाई भनिन्छ ।

Rh रेड ब्लड सेल्सजस्तै सतहमा हुने एक प्रोटीन हो । साधारण मानिसको शरीरमा Rh या पोजेटिभ हुन्छ या नेगेटिभ हुन्छ । तर जसको सरिरमा गोल्डन ब्लड हुन्छ,  उसको बडीमा Rh न त पोजेटिभ हुन्छ नत नेगेटिभनै हुन्छ । मतलब Rh फ्याक्टर null हुन्छ ।

गोल्डन ब्लड ग्रुप जेनेटिक म्युटेशनको कारण हुन्छ । साधारणतया यस्ता मानिसको सरीरमा RHAG जीनको म्युटेशनको कारण यस्तो हुन्छ । जेनेटिक म्युटेशनकै कारण यो एक पुस्ताबाट दोश्रो पुस्तामा ट्रान्सफर हुन्छ । नेशनल लाइब्रेरी अफ मेडिसीन वेबसाइटको अनुसार भाई-बहिनी या कुनै नजिक वा टाढाको नाता पर्ने व्यक्तिहरु बीच विवाह भएर जन्मिने बच्चामा यस्तो किसिमको रगत भएको मानिस जन्मिने सम्भावना हुन्छ । 

नेशनल लाइब्रेरी अफ मेडिसिन वेबसाइटको अनुसार १९६१ मा पहिलो पटक अष्ट्रेलियाका एक आदिवासी महिलाको शरीरमा यस्तो रगत भेटिएको थियो । 

त्यसपछि अष्ट्रेलियाको किंग एडवर्ड मेमोरियल अस्पतालको डाक्टर जीएच वोज र उनको साथिहरुले यसको परीक्षणबारे डिटेल रिपोर्ट तयार गरेका थिए ।

त्यसै रिपोर्टलाई त्यसै बर्ष पाकिस्तान मेडिकल एसोसिएशनको पत्रिकामा प्रकाशन गरिएको थियो । त्यस अघि डाक्टरहरुले मान्दथे कि Rh एन्टीजीन बिना मानिस जीवित रहदैनन् । 

गोल्डन ब्लड ग्रुप भएका मानिसहरुमा हेमोग्लोबिनको मात्रा कम हुन्छ । यसै कारण शरीरमा रेड ब्लड सेल्स कम हुने खतरा हुन्छ । यस ब्लड ग्रुप भएका मानिसहरु प्राय एनीमिया रोगको शिकार हुने गरेको पाइएको छ । एक्सपर्टहरुका अनुसार यदि आमा र गर्भमा भएको बच्चा दुवैमा यस किसिमको रगत भएमा गर्भपतनको संभावना बढ्छ । यस प्रकारका मानिसमा मृगौला फेल हुने सम्भावना पनि बढी हुन्छ । 

तश्वीरमा: एउटी महिला विश्वका ४५ जना मध्ये एक मात्र मलेसियाली हुन् जसको अनौठो रगत समूह Rhnull (Rhesus null) छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही