भदौ ३०, लन्डन (एजेन्सी) | बेलायतमा एक ३३ वर्षीय व्यक्तिले आफ्नो श्रीमतीलाई बिक्रीमा राखेका छन । वेकफिल्ड योर्कसायरमा बसोबास गर्ने सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, लन्डन (एजेन्सी) | बेलायतमा एक ३३ वर्षीय व्यक्तिले आफ्नो श्रीमतीलाई बिक्रीमा राखेका छन । वेकफिल्ड योर्कसायरमा बसोबास गर्ने सा"/>
2026-09-03 06:19 AM
काठमाडौँ - KTM

प्रयोग गरिएको श्रीमती, (युज्ड वाइफ) बिक्रीमा !

भदौ ३०, लन्डन (एजेन्सी) | बेलायतमा एक ३३ वर्षीय व्यक्तिले आफ्नो श्रीमतीलाई बिक्रीमा राखेका छन । वेकफिल्ड योर्कसायरमा बसोबास गर्ने साइमन ओ’केन नाम गरेका व्यक्तिले इ–लिलामी साइट इबेमा आफ्नाी श्रीमती बिक्रीका लागि राखेका हुन् । 

उनको श्रीमतिलाई खरिद गर्न ६५ हजार ८ सय ८० पाउन्डको बोली लागिसकेको बताइएको छ। साइमनले आफू बिरामी पर्दा श्रीमतीले कुनै संवेदना नदेखाएका कारण बाध्य भएर यस्तो कदम उठाउनु परेको बताएका छन्। साइमनले गत साता लिलामी साइट इबेमा आफ्नो २७ वर्षीय श्रीमती लियन्डाको फोटो राखेका थिए। र, विज्ञापनमा लेखिएको थियो– युज्ड वाइफ। 

उनले बिक्रीमा राखेका आफ्नो श्रीमतीको फाइदा र बेफाइदा दुवै स्पष्ट पारेका छन्। दि डेली एक्सप्रेस पत्रिकाका अनुसार दुई बच्चाका पिताले लियन्डा समर्पित श्रीमती नभएको दावी गरेका छन्। तर, उनले श्रीमतीको खाना पकाउने कलाको खुब तारिफ गरेका छन्। 

उनले इबेमा बिक्रीमा राखेको आफ्नो श्रीमतीका लागि दुई दिनमै ६५ हजार ८ सय ८० पाउन्डको बोली लागेकोमा अचम्ममा परेका छन्। आफूलाई बिक्रीका लागि राखेको थाहा पाएपछि साइमनकी श्रीमती उनलाई मार्न चाहन्थिन्। साइमनले विज्ञापनमा आफ्नो श्रीमती कुनै युवा मोडलसँग साट्न चाहेमा आफूले पुनर्विचार गर्ने बताएका थिए।  

‘म आगो भएकी थिएँ। म उसलाई मार्न चाहन्थेँ । म काम गर्ने ठाउँमा सबैजना विज्ञापन देखेर मेरो मजाक उडाइरहेका थिए। उसले मलाई विक्रीका लागि मात्र लिलामीमा राखेको थिएन, मेरो खराब फोटो पनि पोस्ट गरेको थियो,’ पेशाले ब्युटी थेरापिस्ट लियन्डाले भनिन्।  

साइमनले आफूलाई थुप्रै व्यक्तिले प्रतिक्रिया पठाएको बताएका छन्। जसमा कसैले गालीगलौच गरेका छन्। तर, धैरेका पत्र मजाक रहेको उनको भनाई छ।  

इबेले तुरुन्तै त्यो विज्ञापन हटाएको थियो। यसले साइमन निरास छन् किनभने उनी हेर्न चाहन्थे आफ्नो श्रीमतीका लागि कतिसम्मको बोली लाग्थ्यो। उनले पछि स्पष्टीकरण दिने क्रममा भनेका छन्– ‘मैले मानिसहरूलाई हसाउँन यस्तो गरेको हुँ। यसको पछाडि कुनै ठूलो योजना थिएन।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही