2026-09-03 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मसलादार खानेकुरा खाँदा गहिरो खोकी, महिलाको करङ भाँचियो…

मङ्सिर २५, काठमाडौँ | पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हुवाङ थर भएकी उनलाई पहिला पनि बेस्सरी खोकी लाग्ने गर्दथ्यो तर यसपटक खोक्दा भने उनले आफ्नो छातीबाट केही भाँचिएको जस्तो आवाज सुनेकी थिइन् ।

सुरुमा त खासै केही समस्या छैन होला भनेर उनले सोचिन् तर केही दिन पछि उनलाई बोल्दा र सास फेर्दा दुख्न थाल्यो ।

सिटी स्क्यान गर्दा हुवाङको चारवटा करङ भाँच्चिएको पत्ता लाग्यो । डाक्टरले उनको छाती वरपर एक महिनाका लागि ब्यान्डेज लगाउनुपर्ने र आराम गरेर बस्नुपर्ने बताए ।

डाक्टरले करङ सामान्य तरिकाले भाँच्चिनुको मूल कारण उनको शरीरको तौल जिम्मेवार रहेको बताए । उनको तौल असामान्य रुपमा कम थियो ।

पाँच फिट ६ इन्चकी उनको तौल ५७ केजी मात्रै थियो । हुवाङका अनुसार उनको शरीरको माथिल्लो भाग असामान्य रुपमा दुब्लो छ जसका कारण उनको करङ मज्जाले देखिन्छ ।

‘तिम्रो करङ छाला मुनी मज्जाले देख्न सकिन्छ । हड्डीलाई सपोर्ट गर्ने मासु नै छैन, त्यसैले पनि तिमीले खोक्दा करङ भाँचिन सजिलो भयो,’ नाम नखुलाइएका डाक्टरले उनलाई भने ।

करङको चोट निको भएपछि उनले आफ्नो शरीरमा मांसपेशी बढाउन र माथिल्लो भागको तौल बढाउन उचित व्यायाम गर्ने बचन डाक्टरहरुलाई दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही