2026-09-03 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाले झिंगाको यस्तो रसायन, जसले पोथीलाई अरुसँग संसर्ग गर्नबाट रोक्छ

पुस १७, काठमाडौँ | फलफूलमा बस्ने झिंगा अर्थात् फ्रुट फ्लाईका विषयमा एक अनौठो तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । यो झिंगाले संसर्ग गर्ने बेला भालेले यस्तो रसायन छाड्छ जसले पोथी झिंगालाई संसर्गपछि निद्रा लाग्छ ।

जसकारण उसले अरु कुनै भाले झिंगासँग पुनः संसर्ग गर्न पाउँदैन । शोधकर्ताहरुका अनुसार पोथी झिंगाले आफूबाहेक अरु भालेसँग संसर्ग नगरोस् भन्नका लागि भाले झिंगाले अपनाउने यो जैविक रणनीति हो ।अर्जेन्टिनाको नेसनल साइन्टिफिक एण्ड टेक्निकल रिसर्च काउन्सिलका शोधकर्ता लोरेना फ्रेंकोका अनुसार भाले झिंगाको यौनाङ्गबाट शुक्रकीटसँगै उक्त सेक्स पेप्टाइड नामक रसायन पोथी झिंगाको शरीरमा जान्छ । उनका अनुसार यो रसायनले पोथी झिंगाको शरीरको जैविक घडीको संयन्त्रलाई नै प्रभावित गर्छ ।

आमरुपमा यी प्रजातिका झिंगाहरु बिहान सूर्य उदाउनु अगाडि नै ब्युँझिन्छन् र त्यही नै समयमा उनीहरुको संसर्ग हुन्छ । तर पेप्टाइड रसायनको असरले पोथी झिंगालाई बिहान भइसकेको थाहा नै हुँदैन र ऊ अबेरसम्म सुत्छ । जबकि त्यो समयमा धेरै भाले सक्रिय हुन्छन् । त्यसरी एउटा भालेसँग संसर्ग गरेको पोथीले बिहानको समयमा अर्को भालेसँग संसर्ग गर्न पाउँदैन ।

शोधकर्ताले गरेको अध्ययनका क्रममा बिहान सबेरै उठ्ने पोथी झिंगा केवल कुमारी झिंगा मात्रै थिए जसले यसअघि संसर्ग गरेकै थिएनन् । संसर्ग गरिसकेका पोथीहरु भने शरीरमा घाम नपरुन्जेलसम्म सुत्ने गर्छन् ।

वास्तवमा यो झिंगाको पोथीले धेरै भालेसँग संसर्ग गरेर त्यसको शुक्रकीट आफ्नो शरीरभित्र जम्मा गरेर राख्न सक्छ । त्यसैले पोथीलाई धेरैवटा भालेको शुक्रकीट जम्मा गर्न नदिन र आफ्नै शुक्रकीटबाट प्रजनन् गराउनका लागि भालेले निद्रा लगाउने रसायन पोथीको शरीरमा छाड्ने गरेको शोधकर्ताको निष्कर्ष छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही