१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने प्रविधिको पहिलो पटक प्रयोग

११ असार २०७७, बिहीबार ०९:४७

असार ११, स्याङ्जा। बाख्रापालन व्यवसाय गर्दै आएका किसानलाई लक्ष्य गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने (हिट सिङ्क्रोनाइजेसन) प्रविधिको शुरुआत गरेको  छ । गल्याङ–७ का ललित थापाको बाख्रा फर्ममा यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो ।

बाख्राको प्रजनन अङ्गमा सिआइडिआर राखेपछि हर्मन उत्पन्न भई बोका खोज्ने हुँदा यो प्रविधि निकै महत्वपूर्ण भएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनुभयो । पहिलो पटक १४ बाख्रामा यो प्रविधिको प्रयोग गरिएको र पछि थप एक सय वटामा गरिने योजना छ । 


बाख्रालाई आफूले स्याहारसुसार गर्न अनुकूल हुने सयममा पाठापाठी उत्पादन गर्नका लागि यो प्रविधिको प्रयोग गरिन्छ । यसरी बाख्रालाई समयअनुकूल बोका खोज्ने बनाउनका लागि निरोग बाख्राका साथै सुत्केरी भएको दुई महिना पुगेको बाख्रा छनोट गरेर आन्तरिक परजीवीको औषधि र मिनरल खुवाएको २० दिनपछि बाख्राको प्रजनन अंगबाट सिआइडिआर योनीमा राखिन्छ ।  यसलाई राखेको १७ दिनपछि निकालेर अर्को हर्मोन ल्युटिनाइज बाख्राको शरीरमा लगाइन्छ । यो लगाइएको ४८ घण्टामा बाख्राले पूर्ण रुपमा बोका खोज्ने र   बोयर जातको बोका लगाइने पशु शाखाका अधिकृत अर्यालले बताउनुभयो । 

यस क्षेत्रमा काम गर्ने चिकित्सक र  प्राविधिकको कमी  तथा हर्मोन महँगो हुनाका  साथै सहज रुपमा पाउन गाह्रो हुने भएकाले किसानसमक्ष प्रविधि आउन नसकेको अर्यालको भनाइ छ । 

व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानले यो प्रविधिको प्रयोग गर्न सकेमा धेरै फाइदा लिन सक्ने देखिन्छ । यो प्रविधिको सबैभन्दा महत्वपूर्ण पक्ष  किसानले आफूलाई अनुकूल हुने समयमा पाठापाठी उत्पादन गर्ने सकिने हुन्छ ।  साउन, भदौ, पुस र माघमा बाख्राले बच्चा  जन्माउँदा राम्रोसँग हुर्काउन नसकिने  हुनाले यीबाहेक अन्य महिनामा बाख्रालाई सुत्केरी बनाउन सकिन्छ । यो प्रविधिको प्रयोग गर्नका लागि बाख्रा सुत्केरी भएको कम्तीमा दुई महिना पुगेको र निरोग हुनुपर्छ । 

नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरपालिकालाई कृषिमा आत्मनर्भर गराउने योजनानुसार काम भइरहेको बताउँदै किसानका लागि आवश्यक पर्ने सबै कुरामा  सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो  । नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले नगरभित्र रहेका कृषकलाई व्यावसायिक रुपमा काममा लाग्ने हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न प्रकारका अनुदानका कार्यक्रम सञ्चालन हुँदै आएको जानकार दिनुभयो । नगरपालिकाले कृषकलाई अदुवा र च्याउ खेतीका लागि निःशुल्क बीउबिजन वितरण गर्नाका साथै दूध बिक्री गर्ने किसानलाइ अनुदानको व्यवस्था गरेको जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती