2026-09-03 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ६ कुरा जीवनसाथी र आफ्नो प्रेमिकालाइ कहिल्यै नभन्नुस्

कहिले काहीं कतिपय कुराहरु आफ्नो जिबनसाथी वा प्रेमिकालाई नभन्दा नै राम्रो हुन्छ । यतिमात्रै होइन, प्रेमी(प्रेमिकाबीच ब्रेकअपको दर पनि बढ्दो छ । सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारणमात्रै नभएर स(साना कुराले पनि ठुलो भूमिका खेलिरहेको हुन्छ । आउनुस्, आज हामी आफ्नो प्रेमि(प्रेमिका वा पति(पत्नीलाई भन्नै नहुने ६ कुराको बारेमा यहाँ बताइएको छ ।

तिमीलाई त यति पनि आउँदैन है नभन्नुस् – तपाईंले अपेक्षा गरेको केही सामान्य काम तपाईंको जीवनसाथीले गर्न सकेन भने ‘यति पनि आउँदैन है’ भनेर नभन्नुस् । बारम्बार तपाईंले त्यस्तो भनिदिँदा उसलाई निकै नराम्रो लाग्न सक्छ । जसले सम्बन्ध टुट्ने अवस्थासम्म पुर्याउन बेर लगाउँदैन ।

 गलत शब्दको प्रयोग – एक सर्भेअनुसार झगडा पर्दा वा थोरै तिक्कता आउँदा गरिने गलत शब्दको प्रयोगले सम्बन्ध टुटाउन निकै भूमिका खेल्ने गरेको छ । ‘अगुल्टो पनि नठोसी बल्दैन’ भन्ने भनाइ हाम्रो समाजमा निकै प्रचलित छ । बेलाबखत झगडा हुनु स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ । स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ ।

कतिपय सिक्रेट आफूमै सिमित राख्नुस् – बाहिरी दुनियामा कोही मन पर्यो भने ऊ बारे आफ्नो जीवनसाथीलाई कहिल्यै नभन्नुस् । जसले सम्बन्धमा खलल पुर्याउन सक्छ । वास्तविक जीवनमा तपाईंको जीवनसाथी नै आफ्नो हो । बाहिरी दुनियाँमा देखिने मानिसहरु त घामछायाँजस्तै हुन्, जो जुनसुकै बेला पनि अलप हुन सक्छन् ।

बहसलाई नलम्ब्याउनुस् – पति(पत्नी वा प्रेमि(प्रेमिकाबीच कतिपय समयमा केही विषयमा बहस परिरहेको हुन्छ । यस्तो बहसलाई सकेसम्म नलम्ब्याएको नै राम्रो । यदि तपाईंलाई आफू ठिक छु लागेको छ भने पनि त्यसलाई पुष्टि गर्ने धुनमा बहसलाई नतन्काउनुस् । जब बहस निष्कर्षमा नै पुगेर टुंगिन्छ, त्यहाँ त एकको जित र अर्कोको हार अवश्य नै हुन्छ । यसले जित्नेमा घमण्ड र हार्नेमा बदलाभाव उत्पन्न हुन थाल्छ । जसले कालान्तरमा तपाईंको सम्बन्धमा फाटो ल्याउन सक्छ । 

तुलना गर्नबाट बच्नुस् – अरु कोही राम्रो मानिससँग आफ्नो जीवनसाथीलाई तुलना गर्नबाट बच्नु नै बेस हुन्छ । तिमीभन्दा त उसको यो राम्रो छ, त्यो राम्रो छ भनेर तुलना गर्नुभयो उसलाई निकै नै नराम्रो लाग्छ । तपाईंप्रतिको विश्वास डगमगाउन थाल्छ । कसैलाई पनि आफ्नो तुलना आफ्नो जीवनसाथीले अरु कसैसँग गरेको मन पर्दैन ।

सम्बन्ध तोड्छु भनिनहाल्नुस् – कयौं पटक आग्रह गर्दा पनि तपाईंको जीवनसाथीले तपाईंको कुरा सुन्ने नाम नै लिइरहेको छैन भने रिसको झोंकमा अलग्गिने कुरा नगरिनहाल्नुस् । पहिला उससँग धेरैभन्दा धेरै कुरा गर्ने प्रयास गर्नुस् । उसको मनको कुरा बुझ्नुस्, यसो गर्दा उसले तपाईंको कुरा किन मानिरहेको छैन भन्ने जान्न सक्नुहुन्छ । अनि विस्तारै उसकै ठाउँमा रहेर सम्झाउने कोशिस गर्नुस् । अवश्य तपाईं सफल हुनुहुनेछ । एजेन्सी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही