म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क र"/>
१० पुष २०८२, बिहीबार
अछाम - ACM

विवाहपछि श्रीमानसँग गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ?

४ कार्तिक २०७३, बिहीबार ११:०७

म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क राखेको गफका क्रममा बताउँछन् । उनीहरूको पहिलो सेक्सको अनुभव फरक–फरक खालको छ ।

मलाई पहिलोपटक सेक्स गर्दा धेरै नै दुख्छ कि भनेर डर लागिरहेको छ । मलाई मेरो योनी पनि निकै सानो र साँघुरो छ जस्तो लाग्छ । विवाहपछि श्रीमान्सँग गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ? -के

सेक्सको अनुभव लिइसकेकाले सुनाउने अनुभव विभिन्न खालका हुन्छन् । कतिपयले यस्ता अनुभव सुनाउँदा बढी नै गफ पनि दिने गर्छन् । तपाईंका साथीहरूले पहिलो सेक्स अनुभव सुनाउँदा कतिले साह्रै आनन्द आयो भने होलान् भने कतिपयले सेक्स गर्दा दुख्दो रहेछ भनेर डर देखाउने गरी कुरा गरेको हुनसक्छ । 

सेक्स अनुभव सबैको एकै खालको र एउटाको अनुभव अर्कोसँग दुरुस्त मिल्ने खालको हुँदैन । सर्वप्रथम तपाईंले मनमा सेक्स गर्दा दुख्छ कि भनेर पाल्नुभएको डरलाई आजैबाट बाहिर निकाल्नुस् । 

सेक्स पार्टनरको बीचमा पूर्ण समझदारीमा गरिएको सेक्सको अनुभव सबैको सुखद नै हुन्छ । सकारात्मक सोचका साथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ । तपाईंले आफ्नो यौनांगको साइजलाई लिएर बनाउनुभएको धारणा पनि भ्रमबाहेक केही होइन । 

तपाईंले बाहिरबाट हेरेर आफ्नो योनीको साइज सानो छ कि ठूलो वा साँघुरो छ भन्ने थाहा पाउनुहुँदैन । योनी तन्किने तन्तुहरूले बनेको अंग भएका कारण यसमा लिंग प्रवेश गराउँदा टमक्क नै हुने गर्छ । त्यसैले योनीको साइज ठूलो या सानोको भ्रमबाट आजैदेखि मुक्त हुँदा नै राम्रो हुन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ ।

किशोर–किशोरीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ । यसबारे वयस्क स्त्री–पुरुषका साथीसंगीसँग पहिल्यैदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ । जस्तो, तपाईंको पनि साथीहरूसँग भइरहेको छ । साथीहरूले भनेकै आधारमा धारणा बनाएर सुरु नै नभएको यौन जीवनलाई जोखिममा धकेल्ने काम गर्नु हुँदैन । स्रोत: शुक्रबार साप्ताहिक



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी