- करुणा कुवर

म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... - करुणा कुवर

म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पह"/>

२० मंसिर २०८२, शुक्रबार
अछाम - ACM

चिनजान हुनासाथ यौनसम्पर्क गरिहाल्नु राम्रो हो कि होइन ?

२९ कार्तिक २०७३, सोमबार ०८:३१

- करुणा कुवर

म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पहिलो भेटमै यौनसम्पर्क पनि भयो । यौनसम्पर्कपछि उनलाई केही पश्चाताप भएजस्तो लागेको मैले महसुस गरेको छु । 

हामीले पछि पनि सँगै जीवन बिताउने प्रतिबद्धता साटासाट गरेका थियौं, तर अहिले उनी कम मात्रामा नजिक आएको महसुस भैरहेको छ । यौनसम्पर्कले उनलाई अप्ठेरो पारेजस्तो लाग्छ । मैले सुनेको छु, चिनजान हुनासाथ छिटो यौनसम्पर्क गरिहाल्नु राम्रो होइन, तर उनी केही खिन्न देखिन्छिन् र अर्को यौनसम्पर्कप्रति त्यति उत्साहित देखिन्नन् । 

एकान्त वातावरण र टाढाको यात्रामा निस्कन चाहन्नन् । म उनीप्रति असाध्यै आकर्षित छु र उनैलाई जीवनसाथी बनाउन चाहन्छु । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मप्रति कुनै शंका गरेको हो कि जस्तो लाग्छ । के गुणस्तरीय सम्वन्धका लागि यौन सम्पर्कमै पुगिहाल्नु नराम्रो नै हुन्छ ?

अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैन, तर पछिल्लो समय बिर्घम यङ विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालिन गुणस्तरीय सम्बन्धमा असर पार्छ । 

उक्त अध्ययन १० हजार जनामा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही लामो समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन ।

त्यस्तै ३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौन सम्पर्क हुँदा पनि राम्रै हुने प्रतिक्रिया दिएका छन । बाँकी प्रतिक्रिया नगण्य छन् । अनुसन्धानकर्ताहरूले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्बन्ध नै बिग्रन्छ भनेका छैनन्, तर उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटक–पटकका डेटिङपछि मात्र यौनसम्पर्क हुनु राम्रो हुन्छ ।

मनोवैज्ञानिक हिसाबले हेर्दा जसरी तपाईंहरू अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरूबीच केही असहज वातावरण बनेजस्तो देखिन्छ र त्यसको असरले तपाईंहरूलाई तनावमा धकेलेको देखिन्छ । यसलाई राम्रो मान्न सकिँदैन । 

एक–अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम–कानुनले दिने अनुमति, पारिवारिक स्वीकृतिजस्ता पक्षहरूलाई सहज बनाउन केही समय लाग्छ । एक–अर्कालाई बुझ्ने, यौनसम्पर्कका सकारात्मक नकारात्मक पाटाको अध्ययन–विश्लेषण गर्ने, भविष्यको के–कस्तो योजना बनाउन लागिएको हो स्पष्ट हुने, जीवनका उच्च तथा न्यून प्राथमिकताहरूका बारेमा राम्रोसँग थाहा पाउने र आपसमा सञ्चार गर्ने क्रमले सामीप्यता वृद्धि हुनुका साथै प्रेमसम्बन्ध घनिभूत हुन्छ ।  

यसले विभिन्न शंका–उपशंका निवारण गर्छ भने मानसिक स्थिति पनि नकारात्मक हुन दिँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ । प्रेमिकालाई पहिलो यौनसम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाईं बढी छटपटिनुभएको हुन सक्छ ।

यसका लागि तपाईंले उनीसँग राम्रोसँग सोध्ने र पछिका दिनहरूमा सहमतिमा अघि बढ्न सकिने कुरा बताउनुपर्छ, अर्थात् प्रेमिकाको प्रतिक्रिया के छ भन्ने स्पष्ट रूपमा थाहा पाउनुहोस् । समाधान त्यही निस्कन सक्छ । उनमा नकारात्मक असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ ।

भेट हुनासाथ यौनसम्पर्कमा पुगिहालेकाले तपाईंकी प्रेमिकालाई केही आत्मग्लानी भएको हुन सक्छ । त्यो कुरा तपाईंले संकेतका रूपमा पाउनुभएको छ र त्यसले तपार्इंमा छटपटीसमेत उत्पन्न गराएको छ । तुरुन्तै यौनसम्पर्क भैहालेकाले पनि तपाईंको छटपटाहट बढेको हुनसक्छ । युवतीहरूमा आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुन सक्छ । तपाईंहरूको छटपटाहटमा यस्ता थुप्रै पक्षको भूमिका हुनसक्छ ।

तपाईंको जिज्ञासा पढ्ढा तपाईंकी गर्लफ्रेन्डलाई के भैरहेको छ र आजकाल उहाँलाई यौनसम्बन्धमा किन रुचि नभएको हो भन्ने कुरामा तपाईं अनुमानका भरमा मात्र अघि बढिरहनुभएजस्तो बुझिन्छ । यस विषयमा आफ्नी प्रेमिकासँग प्रस्ट रूपमा बुझ्नु आवश्यक हुन्छ । स्रोत: साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान