२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ९ देश, जहाँ विश्वका जुनसुकै नागरिकले पनि सजिलै पाउन सक्छन नागरिकता

२०७३, ३ मंसिर शुक्रबार ०८:४५

सास/ काठमाडौँ | संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ्नो मनले चाहेको ठाउँमा सजिलै जान पाइयोस्, तर आफू गएको देशमा बस्ने आफुले चाहेको समयसम्म बस्न तथा उक्त देशले सजिलै नागरिकता नदिने हुँदा मानिसको सपना त्यसै तुहिन्छ  । कतिपय यस्ता उदाहरण पनि छन् कि कतिपय देशमा बस्न मन लागेका हरुले सो देशमा बिबाह गरेर पनि नागरिकता लिने गर्छन । यस्तै आज हामी तपाईलाई ९ यस्तो देशको बारेमा बताउन गई रहेका छौं जहाँ बिदेसीलाई पनि सजिलै नागरिकता दिने गरिएको छ । ति देशहरुमा परिक्षा पास गरेपछि सजिलै नागरिकता पाउन सकिन्छ… कुन-कुन हुन् त ति देश.. बिस्तारमा जानकारी लिनुहोस् :- 

१. रूस

रूसलाई विश्वकै शक्तिशाली देश मध्ये एक मान्ने गरिन्छ । यदी तपाइँ रुसमा बस्न चाहनुहुन्छ भने यसको लागि तपाइले एउटा परिक्षा दिनुपर्ने हुन्छ साथै केहि नीतिहरु पास गर्नुपर्ने हुन्छ । रूसमा नागरिकतालिनको लागि पहिले तपाइले कर भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछी रशियन भाषा सिकाई र भाषा टेस्ट पास गर्नुपर्ने हुन्छ । यति भएपछी तपाइ जुन देशको नागरिक भए पनि तपाइले रुसमा नागरिकता प्राप्त गर्न सक्नु हुनेछ ।


२. बेलीज

उत्तरी अमेरिकी देश बेलीजमा नागरिकता पाउन पनि निकै सजिलो छ । यहाँको नागरिकता पाउनको लागि यो देशमा पाँच बर्ष भने बिताउनुपर्छ । त्यसको साथै तपाईको मासिक कमाई दुई हजार डलर हुनुपर्छ । यो देशमा सामान्य स्तरका नागरिकले पनि २ हजार भन्दा बढी कमाउन सक्छन ।

 

३. डोमेनिकन रिपब्लिक

यदी तपाई डोमेनिक रिपब्लिकको नागरिकता लिन चाहनुहुन्छ भने तपाई त्यहाँको रियल स्टेट वा कुनैपनि बिजनेसमा २ डलर सेएर हाल्नुपर्ने हुन्छ । साथै तपाइँलाई आफ्नो नियमित कमाईको पनि प्रमाण देखाउनुपर्ने हुन्छ । यहाँको जुनसुकै ब्यबसायको बजार अमेरिका तथा युरोप भएकाले यहाँ लगानी गर्दा घाटा हुँदैन । त्यसैले बिदेशी लगानीकर्ताहरु पनि यहाँको नागरिकता लिनको लागि यस्तै बाटो अपनाउने गर्छन ।


४. इक्वेडर

तपाइँसँग एक हजार डलर छ भने र तपाइको कुनै आपराधिक कृयाकलापमा संलग्न नभएको हुनुहुन्छ भने तपाइले यो देशको नागरिकता लिन सक्नुहुन्छ । यसै साथै तपाइको आम्दानी हरेक महिना आठ समय डलर हुनुपर्छ साथै यहाँको बैंक वा रियल स्टेटमा २५ हजार डलर इन्भेस्ट हुनुपर्छ । 


५. हंगेरी

हंगेरीमा पनि नागरिकता पाउन सहज छ । यसको लागि तपाईले हंगेरी सरकारलाई लगानी गर्नको लागि ३ लाख डलर दिनुपर्ने हुन्छ । एक पटक यो लगानी गरेपछि तपाईले २ महीना भित्र यहाँको नागरिकता दिइन्छ ।

६. मेसेडोनिया

मेसेडोनियाको नागिरकताको लागि सहज मानिन्छ । यदि तपाइँ यो देशमा व्यवसाय गर्नुहुन्छ र लगानी ४ लाख यूरो छ भने तपाइले एक बर्ष भित्रै यहाँको नागरिकता पाउन सक्नुहुन्छ ।


७. पनामा

एक मेडिकल टेस्ट पास गरेपछी र पाँच बर्षसम्म पनामामा बसेपछी तपाइँले यहाँको नागरिकता पाउन सक्नुहुन्छ । यसको साथै यदि तपाई कुनैपनि पनामाको नागरिकता भएको महिला वा पुरुषसँग बिबाह गर्नुभएको अवस्थामा पनि यहाँको नागरिकता तत्काल पाउन सक्नुहुन्छ । 


८. पाराग्वे

पाराग्वेको नागरिकता पाउनको लागि तपाइँले ५ हजार २ सय डलर पाराग्वियन बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । यसको तीन बर्षपछी तपाई यहाँको स्थाई नागरिक बन्न सक्नुहुन्छ ।


९. सेशेल्स

समुद्र र पहाडले घेरिएको सेशेल्स बस्नको लागि निकै रमाइलो र शुन्दर देश हो । यहाँको नागरिकता पनि सजिलै पाउन सकिन्छ, यसको लागि तपाइँसँग जम्मा डेढ लाख सेशेल्स करेन्सी हुनुपर्छ । यसको साथै यहाँको आर्थिक, समाजिक र सांस्कृतिक जीवनमा तपाइले योगदान दिएको हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ