डा. सुबोधकुमार पोखरेल । प्राकृतिक परिवार नियोजनको पनि विधि हुन्छन् भन्ने सुनेको छु । प्राकृतिक परिवार नियोजन विधि भनेको के हो ? यो कसरी गरिन्छ ?

मानिसल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. सुबोधकुमार पोखरेल । प्राकृतिक परिवार नियोजनको पनि विधि हुन्छन् भन्ने सुनेको छु । प्राकृतिक परिवार नियोजन विधि भनेको के हो ? यो कसरी गरिन्छ ?

मानिसल"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्राकृतिक रुपमा परिवार नियोजन गर्ने चार तरिकाहरु यस्ता छन् ! जानी राखौ

२०७३, ६ पुष बुधबार १०:५९

डा. सुबोधकुमार पोखरेल । प्राकृतिक परिवार नियोजनको पनि विधि हुन्छन् भन्ने सुनेको छु । प्राकृतिक परिवार नियोजन विधि भनेको के हो ? यो कसरी गरिन्छ ?

मानिसले हजारौँ वर्षदेखि परिवार नियोजनको साधन प्रयोग गर्दै आएका छन् । आज हामीसँग धेरै सुरक्षित र प्रभावकारी परिवार नियोजनका साधन छन् । हरेक साधनका आफ्नै फाइदा र बेफाइदा छन् । तर, परिवार नियोजनका सबै साधनबारे राम्रो ज्ञान राख्ने हो भने आफूलाई सुहाउँदो साधन छनोट गर्न सजिलो हुन्छ । 

परिवार नियोजनका साधनलाई मुख्यतः दुई भागमा बाँडिएको छ, प्राकृतिक परिवार नियोजन र कृत्रिम परिवार नियोजनका साधन ।  

प्राकृतिक परिवार नियोजनमा कुनै पनि साधन प्रयोग हुँदैन । आफ्नो शरीरको व्यवहारलाई राम्रोसँग बुझेर र त्यो ज्ञानलाई गर्भ रहनबाट बचाउन प्रयोग गरिन्छ । यसमा महिला र पुरुष दुवैले ध्यान दिएर यो ज्ञानलाई सही तवरले प्रयोग गर्नुपर्छ । कृत्रिम परिवार नियोजनको तुलनामा प्राकृतिक परिवार नियोजन कम भरपर्दाे हुन्छ ।

पात्रो विधि

यस विधिमा महिलामा डिम्ब बन्ने समयको ज्ञानलाई प्रयोग गरिन्छ । यसले महिलालाई आफ्नो महिनावारीको समय तालिकालाई ध्यान दिएर, गर्भ रहन सक्ने समयबारे थाहा पाउन मद्दत गर्छ ।

पात्रो विधि प्रयोग गर्नुअघि महिलालाई आफ्नो पछिल्लो छ महिनाको महिनावारीको विस्तृत विवरण थाहा हुनुपर्छ । हरेक महिना महिनावारी सुरु भएको दिनको अन्तराललाई ध्यानमा राख्नुपर्छ ।  त्यसपछि सबैभन्दा लामो र सबैभन्दा छोटो महिनावारीको अन्तराल पत्ता लगाउनुपर्छ । र, सबैभन्दा छोटो अन्तरालबाट २१ दिन घटाउनुपर्छ । 

उदाहरणका लागि छ महिनामा सबैभन्दा छोटो अन्तराल २७ दिनको छ भने यसबाट २१ दिनबाट घटाउँदा ६ दिन आउँछ । यो भनेको महिनावारी सुरु भएपछिको छैटौँ दिन हो भनी बुझ्नुपर्छ । अब महिनावारीको सबैभन्दा लामो अन्तरालबाट ११ दिन घटाउनुस् । उदाहरणका लागि महिनावारीको  सबैभन्दा लामो अन्तराल ३१ दिन थियो भने यसबाट ११ दिन घटाउँदा २० दिन हुन आउँछ ।

यसरी निकालेको दिनलाई कागजमा टिप्नुस् । यसरी हिसाब निकालेर सम्भोगका लागि गर्भ नरहने दिनहरू पत्ता लगाउन सकिन्छ । जसलाई सुरक्षित समय भनिन्छ । माथिको उदाहरणमा महिनाको एक गतेदेखि छ गतेसम्म र २१ गतेदेखि अर्काे महिनावारीको पहिलो दिनसम्म सम्भोगका लागि सुरक्षित समय हो । महिनाको सातौँ दिनदेखि २० औँ दिनसम्म सम्भोगका लागि असुरक्षित समय हो अर्थात् यी दिन सम्भोग गरे गर्भ रहन सक्छ ।  

पात्रो विधिलाई भरपर्दो रूपमा प्रयोग गर्न महिनावारीको अन्तरालको सही हिसाब गर्नुपर्छ । त्यस्तै, गर्भवती हुन नचाहने हो भने महिलामा असुरक्षित समयमा शारीरिक सम्पर्क नगरी बस्न सक्ने क्षमता हुनुपर्छ अथवा वैकल्पिक परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ । सही तरिकाले प्रयोग गरिएमा विधि ९१ प्रतिशत प्रभावशाली हुन्छ ।

प्राकृतिक  विधि भएकाले यसका नराम्रा असर छैनन् । न कुनै उपकरण या प्रक्रियाको आवश्यकता पर्छ । यो विधि अपनाउने महिलालाई महिनावारीबारे विस्तृत जानकारी हुन थाल्छ ।

तर, यो विधिमा महिनावारीको अन्तराललाई राम्रोसँग ध्यान दिनुपर्छ र असुरक्षित समयमा सम्भोग नगर्ने आत्मशक्ति हुनुपर्छ ।

योनि रस विधि

यस विधिमा योनिबाट निस्कने सेतो पानीको महिनाको दिनअनुसार फरक हुने विशेषतालाई प्रयोग गरिन्छ । महिनाभरि महिलाको योनिबाट निस्कने सेतो पानीको विशेषता फरक हुन्छ । महिलामा हुने हार्मोनहरूको अस्थिरताले यस्तो हुन्छ । रसको प्रकारअनुसार महिलामा डिम्ब बन्ने समय पत्ता लगाउन सकिन्छ । डिम्ब बन्नुभन्दा अघि योनि रस पारदर्शी, पानीजस्तो, पहेँलो, धेरै मात्रामा हुन्छ । डिम्ब बनेको समयमा यो बाक्लो, गिलो र धागोजस्तो हुन्छ । 

डिम्ब बनेको समयपछि यसको मात्रा घट्छ, बाक्लो हुन्छ, चिपचिपे हुन्छ । डिम्ब बन्नुअघि रस पारदर्शी र पानीजस्तो हुने हुँदा पुरुषको वीर्यलाई पाठेघरमाथि आउन मद्दत गर्छ भने डिम्ब बनेको समयपछि रसको मात्रा घट्ने, बाक्लो र चिपचिपे हुने हुँदा यसले वीर्यलाई पाठेघरमाथि आउन रोक्छ ।

यो विधि कसरी प्रयोग गर्ने त ? हरेक बिहान अलिकति योनि रसलाई आफ्नो औँलाले निकाल्ने र यसलाई दुइटा औँलाको बीचमा दबाउने र त्यसपछि औँलालाई छुट्याउने । यसो गर्दा रस धागोजस्तो लामो भयो भने तपाईं सम्भवतः डिम्ब बनेको समयमा हुनुहुन्छ ।

तर, हालै सम्पर्क भएको हो भने रसको प्रकृति थाहा पाउन अलि गाह्रो हुन्छ । यो विधिमा पूर्णतः निर्भर हुन सकिन्न ।

शरीरको तापक्रम विधि

महिलाको गर्भवती हुने सबैभन्दा धेरै सम्भावना डिम्ब बनेका समयमा हुन्छ । यो विधिले महिलालाई डिम्ब बन्ने समयको अनुमान गर्न मद्दत गर्छ । डिम्ब बनेको समयपछि महिलाको शरीरको तापक्रम आधा डिग्रीले बढ्छ ।

यस विधिलाई प्रयोग गर्न हरेक बिहान खाटबाट उठ्नुअघि महिलाले शरीरको तापक्रम नाप्नुपर्छ । तापक्रम नाप्दा हरेक दिन एउटै थर्माेमिटर प्रयोग गर्नुपर्छ र एकै समयमा तापक्रम नाप्नुपर्छ । हरेक दिनको तापक्रमलाई कागजमा टिप्नुपर्छ । जतिबेला तीन वटा क्रमिक तापक्रम सामान्यभन्दा बढी हुन्छ, त्यतिबेला डिम्ब बनेको समय अनुमान गर्न सकिन्छ ।

सुरक्षित दिन कति दिनसम्म हुन्छ त ? प्रायः डिम्ब बनेको तेस्रो दिन अथवा तापक्रम बढेको तेस्रो दिनपछि महिला सुरक्षित समयमा प्रवेश गर्छिन् र यस्तो बेलामा सम्पर्क भएमा गर्भ नरहने अवस्था हुन्छ ।

यस विधिको बेफाइदा भनेको डिम्ब बन्नुभन्दा अगाडिको असुरक्षित समयको अनुमान गर्न नसकिनु हो । महिलालाई कुनै कारणले ज्वरो आएको छ भने यो विधिमा अन्योल उत्पन्न हुन्छ ।  

विदड्रल विधि

यस विधिमा पुरुषले वीर्य स्खलन हुनुअघि नै महिलाको योनिबाट लिंग निकाल्नुपर्छ । तर, लिंग निकाल्नुअघि नै वीर्य स्रावमा छ भने गर्भ रहन सक्छ । शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा