काठमाडौ । के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाईं कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ ? त्यसो हो भने आफूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौ । के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाईं कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ ? त्यसो हो भने आफूल"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पहिलो पटक डेटिंग जाँदै हुनुहुन्छ भने यि कुरा गर्दै नगर्नुस

२०७३, ७ पुष बिहीबार १९:३२

काठमाडौ । के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाईं कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ ? त्यसो हो भने आफूलाई पहिलो भेटमा के कुरामा सतर्क राख्नुपर्छ भन्ने थाहा पाउनका लागि तलका बुँदाले सहयोग गर्न सक्छन् ।

पहिलो डेटबाट नै मानिसले उक्त मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्योल गर्न सक्छन् । ठीक समयमा गरिएका उचित निर्णयले लामो समयसम्म सम्बन्धमा रहन सकिन्छ । त्यसैले पनि कुन काम गर्दा ठीक हो भन्ने जानिराख्नु अति नै आवश्यक छ । झनै यदि कोही मानिससँग लामो समय सम्बन्ध रहोस् भन्ने चाहना राखिन्छ भने पक्कै पनि पहिलो भेटले ठूलै भूमिका खेल्छ । भनिन्छ नि, फस्ट इम्प्रेसन डज लास्ट इम्प्रेसन । त्यसैले पहिलो डेटमा यी कुरा गर्दै नगर्नुहोस् ।

अरुको फोन नउठाउनुहोस् :

यदि तपाईं आफ्नो प्रिय मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने आफ्नो मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् वा फोन उठाउँदै नउठाउनुहोस् । आफूले बल्लबल्ल मिलाएको समयलाई कुनै फोन वा मेसेजले डिस्टर्ब नगरोस् भन्नेमा सचेत हुनुहोस् । सक्नुहुन्छ वा अति नै धेरै फोन आउँछन् भने मोबाइल स्विच अफ नै गर्नुहोस् । आफूले भेट्न चाहेको मानिससँगै भएको कुरालाई ध्यानमा राख्नुहोस् । पहिलो डेटमा नै तपाईं फोनमा व्यस्त हुनुभयो भने एक – आपसमा कुरा कसरी साट्न सकिएला र ।

विवाद हुनसक्ने कुरामा सतर्क रहनुहोस् :

तपाईं यदि आफूले मन पराएको मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने पक्कै पनि त्यहाँ गरिएका कुरामा चासो हुँदो हो । त्यसैले उठेका विभिन्न कुरालाई राम्रोसँग सुन्नुहोस् । राजनिति वा धर्मका अन्य कुरा ल्याएर भइरहेको गन्थनमन्थनलाई नबिगार्नुहोस् । पहिलो भेट भएकाले सकेसम्म राम्रो तरिकाले विषय उठाउनुहोस् र त्यसको समापन गर्नुहोस् । विवाद हुनसक्ने विषयको उत्थान नै नगर्नुहोस् ।

पहिले पनि प्रेममा हुनुहुन्थ्यो :

त्यो कुरा निकाल्दै ननिकाल्नुहोस् । पहिलेको प्रेमका कुरा त चाहेर पनि कसैले बिर्सन सक्दैन, तर पहिलो डेटमा नै आफ्नै सबै विगतका कुरा भन्नुहुँदैन । यसले अर्को मानिसलाई अप्ठ्यारो लाग्न पनि सक्छ । यदि तपाईंलाई पूर्वप्रेमबारे कुनै कुरा सोधिए पनि त्यो विषयमा छोटो र सामान्य जवाफ मात्र दिनुहोस् । सकेसम्म पहिलो डेटमै बितेका कुरा गरेर समय तथा भेटलाई गम्भीर नबनाउनुहोस् ।

ध्यान दिएर सुन्नुहोस् :

केही मानिसलाई आफू जान्ने छु भन्ने देखाउन कुराकानी गर्दागर्दै बढी बोल्नुपर्ने हुन्छ । तर, पहिलो डेटमा पनि यसरी बढी बोलियो भने पक्कै पनि त्यो भेट रमाइलो तथा सकारात्मक हुन सक्दैन । त्यसैले पहिलो भेटमा अत्यधिक बोल्ने बानी हटाउनुहोस् र अनावश्यक विषयमाा प्रवेश गर्दै नगर्नुहोस् ।

मापसे नगर्नुहोस् :

पहिलो भेटमा केही कुरा खोल्न वा स्थितिलाई सहज बनाउन केही पेग पिउनु त उपयुक्त हुन्छ तर पहिलो भेटमै डर लागेर होस् या मन खोल्न मन लागेर नै किन नहोस् , धेरै पिउँदै नपिउनुहोस् ।

आकर्षक ड्रेसअप गर्नुहोस् :

यदि कसैसँग पहिलोपटक भेट्दै हुनुहुन्छ भने आफ्नो लुगाबारे आवश्यक ध्यान पुर्याउन नबिर्सनुहोस् । राम्रो कपडा लगाएर भेट्न जाँदा पक्कै पनि तपाईंको राम्रो इमेज बन्छ । त्यसले आफूले लगाउने कपडाबारे राम्रो ध्यान दिनुहोस् ।

ढिलो वा चाँडो नहुनुहोस् :

तपाईं कुनै पनि अवस्थामा पहिलो भेटका लागि ढिलो वा चाँडो पनि नहुनुहोस् । केही मिनेटअगाडि हुँदा त खासै फरक नपर्ला, तर, १ घण्टाअगाडि नै पुगेर आफू सो भेटका लागि कति व्यग्र छु भन्ने नदेखाउनुहोस् । यदि तपाईं कुनै कारणवश ढिलो हुनुभयो भने पक्कै पनि खबर गर्न नभुल्नुहोला ।

अरुतिर आँखा नमोड्नुहोस् :

यदि तपाईं आफ्नो पहिलो भेटमा हुनुहुन्छ भने अरु मानिसतिर कुनै ध्यान नदिनुहोस् । पहिलो भेटमा अरु मानिसलाई ध्यान दिनु भनेको सो भेटबारे कुनै चासो नराख्नु हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस