म ४० वर्षीय विवाहित पुरुष हुँ । मेरी श्रीमतीको उमेर ३५ वर्ष छ । मलाई यौनसम्पर्कमा खासै रुचि हुँदैन । यौनसम्पर्क गर्न खोज्दा लिंग उत्तेजित हुँदैन । सुरुमै यौनसम्पर्क "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म ४० वर्षीय विवाहित पुरुष हुँ । मेरी श्रीमतीको उमेर ३५ वर्ष छ । मलाई यौनसम्पर्कमा खासै रुचि हुँदैन । यौनसम्पर्क गर्न खोज्दा लिंग उत्तेजित हुँदैन । सुरुमै यौनसम्पर्क "/>
११ माघ २०८२, शनिबार
अछाम - ACM

यौनसम्पर्कमा रुचि नै नभएका कारण श्रीमतीसँग बेलाबेलामा भनाभन पनि हुने गर्छ

१२ पुष २०७३, मंगलवार ०६:३८

म ४० वर्षीय विवाहित पुरुष हुँ । मेरी श्रीमतीको उमेर ३५ वर्ष छ । मलाई यौनसम्पर्कमा खासै रुचि हुँदैन । यौनसम्पर्क गर्न खोज्दा लिंग उत्तेजित हुँदैन । सुरुमै यौनसम्पर्क गर्न सक्दिनँ भन्ने लाग्छ । तर, निदाएका बेला मेरो लिंग उत्तेजित भइरहेको निद्राबाट बिउँझिँदा थाहा लाग्छ । यौनसम्पर्कमा रुचि नै नभएका कारण श्रीमतीसँग बेलाबेलामा भनाभन पनि हुने गर्छ । श्रीमती मलाई बाहिर सम्पर्क राखेको शंका गर्छिन् । तर, मलाई भित्रैदेखि यौनसम्पर्क गर्ने इच्छा हुँदैन । मानसिक समस्याका कारण पनि यौन इच्छामा कमी आउँछ भन्ने सुनेको छु । मेरो समस्या कसरी समाधान होला ? -बी.

यौन सम्बन्ध बारम्बार सन्तोषजनक नहुने वा सम्बन्धमा सहभागी हुन नसक्ने अवस्थामा प्रक्रियागत समस्या भएको हुन सक्छ । यस्ता समस्याका विभिन्न कारण हुन सक्छन् । यौन इच्छामा समस्या, यौन उत्तेजनामा समस्या, यौन चरम आनन्द नहुने समस्या वा यौनसम्बन्धित पीडा या दुखाइ । प्रश्नमा यौन इच्छा नहुने उल्लेख गरिएकाले यसै विषयमा केही चर्चा गरौँ ।

यौन इच्छा कम हुने वा पटक्कै नहुने अवस्थालाई ‘हाइपोसेक्सुआलिटी’ भनिन्छ । यो सुरुदेखि नै उपस्थित हुन सक्छ वा केही समयको सामान्यपन पछि पनि आउन सक्छ । यो समस्त यौन क्रियाकलापमा वा कुनै खास परिस्थितिमा मात्र पनि हुन सक्छ । कुनै जैविक त्रुटिबिना पनि हुन सक्छ वा विभिन्न शारीरिक एवं मानसिक रोगका कारण पनि हुन सक्छ । शरीरका विभिन्न हार्माेनको असामान्यपन, विविध रोगका औषधि जस्तैः उच्च रक्तचाप, मधुमेह तथा लागुपदार्थको खराब असर आदिका कारण पनि हुन सक्छ । डिप्रेसन, चिन्तालगायत कारणले पनि यौन इच्छा कम हुन सक्छ ।

यौन उत्तेजना नहुने समस्या महिला तथा पुरुष दुवैमा हुन सक्छ । महिलामा यौनक्रियाका बेला यौनाङ फुल्ने तथा चिप्लो हुनुपर्नेमा सुक्खा भइदिनाले यौन सम्बन्ध पीडाजनक हुने वा सम्बन्ध स्थापित नै गर्न नसक्ने हुन्छ । पुरुषमा यौनसम्पर्कदेखि यौन सन्तुष्टि बेलासम्म लिंग उत्तेजित नभइरहने समस्या हुँदा सम्बन्ध बारम्बार सन्तोषजनक नहुने वा सम्बन्धमा सहभागी हुन नसक्ने हुन्छ । यस्तो अवस्थालाई ‘इम्पोटेन्स’ भनिन्छ । लिंग उत्तेजित हुने तर सम्पर्क सुरु गर्नुअगावै वा सम्पर्क सुरु गरेलगत्तै वीर्य स्खलन भइहाल्ने अवस्थालाई शीघ्रपतन वा प्रिम्याच्युर इज्याकुलेसन भनिन्छ ।

यौन इच्छा र यौन उत्तेजनामा समस्या, यी दुवै अवस्था अधिकांशतः डर, चिन्ता, उदासीलगायत मानसिक कारणले हुने गर्छन् । निद्रामा, बिहानीपख, हस्तमैथुन वा अन्य परिस्थितिमा लिंगमा उत्तेजना आएमा मानसिक कारण नै हो भनी विश्वस्त हुन सकिन्छ ।

शारीरिक त्रुटिले यौन इच्छा वा उत्तेजनाको समस्या भएमा सम्बन्धित समस्याको उपचार गर्नुपर्ने हुन्छ । मानसिक कारण भएमा मनोचिकित्सकीय, व्यावहारिक पद्धति वा औषधि उपचार आदि एकैसाथ वा अलगअलग रूपमा गर्नुपर्ने हुन्छ । जोडीका दुवै सदस्यलाई एकैसाथ उपचार गर्दा प्रभावकारी हुन्छ । जोडीलाई एकआपसमा समस्या, आफ्ना रुचिबारे खुलेर छलफल, कुराकानी गर्न र केले बढी आनन्द प्राप्त हुन्छ भनी विभिन्न प्रयोग, आफ्ना शरीर अन्वेषण गर्न हौसला दिइन्छ । सुरुमा शरीरका संवेदनशील अंगमा केन्द्रित भई सम्पर्क बढाउँदै अन्त्यमा सफल सहवासमा टुंग्याउने तरिकालाई ‘सेन्सेट फोकस’ भनिन्छ । यसका निम्ती उनीहरूलाई यौनांगका शारीरिक संरचना विज्ञान र शारीरिक प्रणाली विज्ञानबारे सिकाउनुपर्ने हुन्छ ।

यौन उत्तेजना नहुने समस्याको उपचारका लागि मुख्य गरी सदस्यको डर चिन्ता निवारण गर्ने व्यावहारिक चिकित्सा प्रभावकारी हुन्छ । पुरुषका समस्यामा विभिन्न औषधि दक्ष चिकित्सकको सिफारिसमा प्रयोग गर्न सकिन्छ । -शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह