वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

धेरै सुत्नेहरु होसियार !

२०७३, १९ पुष मंगलवार ०८:४२


वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?

• मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।

• मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।

• मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।

• डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

• टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

• ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।

यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।

कति समय सुत्नु उपयुक्त ?

• नवजात शिशु दिनमा १८ घण्टासम्म

• स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म

• किशोरकिशोरी १० घण्टा

• वयस्क ७ देखि ८ घण्टा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस