सास | नेपालमा श्वास-प्रश्वास सम्बन्धी संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । मुटुसम्बन्धी रोग नेपालीहरुको ज्यान लिने दोस्रो र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास | नेपालमा श्वास-प्रश्वास सम्बन्धी संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । मुटुसम्बन्धी रोग नेपालीहरुको ज्यान लिने दोस्रो र"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा अकाल मृत्यु हुने १० कारण

२५ माघ २०७३, मंगलवार १२:०२


सास | नेपालमा श्वास-प्रश्वास सम्बन्धी संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । मुटुसम्बन्धी रोग नेपालीहरुको ज्यान लिने दोस्रो रोग ठहरिएको छ ।

ग्लोबल बर्डन अफ डिजिज नामक अध्ययनअनुसार नेपालमा अकाल मृत्युका १० प्रमुख कारणमध्ये स्वासप्रश्वास सम्बन्धी संक्रामक रोग पहिलो स्थानमा रहेको देखिएको छ ।

अध्ययनले मुटुसम्बन्धी रोगलाई विश्वमा सबैभन्दा धेरै मानिसको अकालमा ज्यान लिनेमा जिम्मेवार देखाएको भए पनि नेपालमा भने मुटुरोगको स्थान श्वासप्रश्वाससम्बन्धी रोगले लिएको छ ।

अकालमा ज्यान लिने रोगको दोस्रो स्थानमा मात्र मुटुसम्बन्धी रोग रहेको छ ।

रिपोर्ट अनुसार नवजात शिशुमा हुने इन्सेफ्लाइटिस मृत्युको तेस्रो ठूलो कारणका रुपमा रहेको छ । हृदयाघात चौथो स्थानमा छ ।

झाडापखालाजन्य रोगबाट ज्यान गुमाउने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको देखिएको छ । स्वच्छ खानेपानीको अभाव तथा सरसफाइको कमीका कारण नेपालमा वर्षेनी हुने अकाल मृत्युमध्ये झाडापखाला पाँचौं मुख्य कारकतत्वका रुपमा रहेको छ ।

अकाल मृत्यु गराउने १० कारण – श्वासप्रश्वास, मुटुरोग, इन्सेफ्लाइटिस, हृदयाघात, झाडापखाला, क्षयरोग, आत्महत्या र नवजात शिशुमा हुने समस्या

नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । प्रस्तुत रिपोर्टले समेत यो तथ्यलाई पुष्टि गर्दै नेपालमा मानिसहरुको अकाल मृत्युको छैठौँ मुख्य कारकको रुपमा आत्महत्या रहेको देखाएको छ ।

क्षयरोगको उपचारमा सरकारले विशेष ध्यान दिएको तथा निशुल्क उपचारको व्यवस्था गरेको भए पनि नेपालमा क्षयरोग मानव मृत्युको मुख्य कारण रहेको देखिएको छ । क्षयरोग मानिसको ज्यान लिने सातौँ मुख्य कारण रहेको छ ।

समय नपुगी बच्चा जन्मिनु, नवजात शिशुमा हुने विभिन्न खालेे संक्रमणका साथै फोक्सोमा हुने संक्रमण क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज पनि नेपालमा मानिसको ज्यान लिने प्रमुख दश कारक तत्वभित्र परेका छन् ।

रिपोर्टअनुसार पछिल्लो २३ वर्षमा नेपालले औषत आयु सुधारमा उल्लेख्य सुधार गरेको छ । सन् १९९० देखि २०१३ को बीचमा नेपालीहरुको औषत आयु १२.१६ वर्षले बढेको देखिएकेा छ ।

रिपोर्टका अनुसार नेपालीहरुको औषत आयु सन् २०१३ मा ७०.६४ वर्ष छ । सरकारी तथ्यांक अनुसार नेपालीको औषत आयु अहिले ६९.१ वर्ष छ । सन् १९९० यता आफ्ना जनताको औषत आयु १२ वर्ष भन्दा बढीले वृद्धि गर्ने अन्य देशहरुमा रुवान्डा, इथिओपिया, नाइजर, माल्दिभ्स तथा इरान लगायतका देश पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन