९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेल्फी खिच्न छोडिदिनुहोस्, नत्र यस्तो रोगको सिकार भइएला !

११ श्रावण २०७४, बुधबार ०८:२१


यदि तपाई पनि अनस्पट मोमेन्ट सेल्फी खिच्नमा शौकिन हुनुहुन्छ भने, होसियार हुनु जरुरी छ । किनकी सेल्फी खिच्ने तपाईको बानीले तपाईको शरीरमा धेरै नराम्रो असर पुग्न सक्छ । 

अनुहार सुख्खा हुन्छ

चिकित्सकहरुका अनुसार सेल्फीको असर छालामा बढी पर्छ । जुन साइडबाट तपाइले सेल्फी खिच्नुहुन्छ, त्यो साइडको छाला अर्को साडको तुलनमा बढी सुख्खा हुन जान्छ । सेल्फीका कारण तपाईको अनुहारको छाला यति खराब हुन पुग्छ, कि कुनै पनि क्रिम या औषधीको प्रयोगले त्यसलाई ठीक गर्न सकिदैन । मोवाइलबाट सेल्फी लिँदा अनुहारमा पर्ने असर घामको किरणले पर्ने असरभन्दा खतरानाक हुने विभिन्न अनुसन्धानहरुले देखाइसकेको छ । 

छालामा चाउरी पर्ने

लगातार सेल्फी लिँदा तपाईको अनुहारको छालामा चाउरी पर्न जान्छ । साथै छाला बुढो देखिन सक्छ । मोबाइल फोनबाट निस्कने प्रकाशले सीधै डीएनएमा पनि असर पुर्याउँछ । जसले छालाको प्राकृतिक गुणमै असर पर्न जान्छ । 

सेल्फाइटिस रोगको सिकार

सेल्फी लिने बानी यदि लतमा बदलियो भने तपाई सेल्फाइटिस रोगको चपेटमा आउन सक्नुहुन्छ । यो रोगबाट पीडित महिलाको दिमागमा सधैं एउटा भुत सवार हुन्छ कि, कुन ठाउँमा सेल्फी लिने र कति छिटो सेल्फीलाई सामाजिक सञ्जालमा सेयर गर्ने । उनीहरुको ध्यान सेल्फी लिने र सामाजिक सञ्जालमा सेयर गर्नेमा मात्रै केन्द्रित हुन्छ । 

हालै अमेरिकन साइकोलोजिक एसोसिएशन (एपीए)ले औपचारिक रुपमा ‘सेल्फाइटिस’ नामक बिमारीबारे औपचारिक घोषणा गरेको हो । यो बिमारीमा तपाईलाई समय समयमा सेल्फी खिच्ने मन लाग्ने छ र त्यसलाई जतिसक्दो छिटो सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर)लगायतमा सेयर गर्ने मन लाग्ने छ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता