२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनैपनि महिलासँग बिबाह गर्नुपहिले ध्यान दिनुस यी ४ कुरा, नत्र जीवनभर दु:ख पाइन्छ

२०७४, ३ भाद्र शनिबार ०२:३६

विष्णु पुराण | मानिसको जीवनमा सुख भए स्वर्ग र दु:खनै दु:ख र कलह भए नर्क समान मान्ने गरिन्छ । कतिपय मानिसले भन्ने गरेका छन् कि जिउँदो छँदानै मानिस ले स्वर्ग वा नर्क भोग्ने गर्छ, मरेपछि त शुन्यता मात्र हो । 

साच्चै मानिसको जीवनमा हरेक दिनको सुखभोगले महत्व राख्छ जुन कुरा हाम्रो दैनिक व्यवहारसँग सम्बन्धित छ । मानिसको जीवनमा धार्मिक संस्कारको निकै महत्व राख्छ । संस्कारले भनेको सबै राम्रा कुरालाई मानिसले अंगाल्ने हो भने स्वर्ग यही संसारमै छ । धार्मिक संस्कारको सबैभन्दा महत्वपूर्ण संस्कार मध्ये एक संस्कार हो विवाह । सुखी वैवाहिक जीवनको लागि आवश्यकता पर्छ राम्रो जीवन साथी ।

बिबाहको लागि यस्ती युवती छान्न सहज भने पक्कै पनि छैन । एउटी पत्नी असल भएका त्यसको प्रभाव सिंगो समाजमा पर्छ भन्ने गरिन्छ । त्यस्तै धार्मीक बिष्णु पुराणमा स्त्री जातिको बारेमा धेरै कुराहरु स्पष्ट पारिएको छ । यो पुराणमा ४ यस्तो कुराको बारेमा बताइएको छ, जसको जाँच नगरी कुनैपनि युवती बिबाह गर्नु हुँदैन ।

तल ति ४ कुराहरुको बारेमा जानकारी लिनुहोस् ।

१. दुइपक्षको बीच कुनै नाता नहोस -

कुनैपनि व्यक्तिले त्यस्ता युवतीसँग बिबाह गर्नु हुँदैन जसको आमा बुबासँग केटापक्षको नजिकको कुनै नाता होस् । शास्त्रको अनुसार आपसी नाता वा एकै गोत्रमा विवाह गर्न हुँदैन । यसको कारण जेनेटिक रोग हुने संभावना हुन्छ । जुन युवतीको आमा/बुबाको पांच पुस्ता अघिसम्मको नाता छ भने त्यस्तो अवस्थामा बिबाह गर्नु हुँदैन । त्यसैले बिबाह गर्नु अघि आपसी नाता छ/छैन निकै ध्यान दिनु आवश्यक छ । 

२. खराब पुरुषसँग साथी बनाउनेवाली 

त्यस्ती युवती जसको खराव पुरुषसँग हिमचिम छ त्यस्ती महिलासँग भुलेर पनि बिबाह नगर्नुस । त्यस्ता खराब पुरुषसँग संगत भएकी युवतीहरुले बिबाहपछी सकारात्मक भएर परिवार सम्हाल्ने वा सहनशीलताको बिषयमा निकै कम्जोर हुन्छन जसको कारण परिवारमा बिभिन्न कलहको बातावरण पैदा भईनै रहन्छ । अर्को कुरा खराव पुरुषसँगको संगतमा रहेकी महिला बिबाह पछी पनि त्यस्तै बातावरण खोज्ने हुँदा उनीहरु बैबाहिक जिम्मेवारीमा सतर्क बन्दैनन् । बिबाहपछी पनि साथिसंगतको हिसावले ति युवतीले त्यस्ता पुरुषसँग संगत गर्न छाड्दिनन । दुष्ट पुरुषहरुले उनलाई आफ्नो स्वार्थमा फसाउने गर्छन । आजकल बैदेशिक रोजगारमा गएका आफ्नो श्रीमानले पठाएको पैसा यता श्रीमतीले अर्कैसँग लागेर उडाउने गरेको वा बिभिन्न परिवेशमा श्रीमान नै छाडेर अर्कैसँग भाग्ने गरेको खबर सुनिन्छ । 

३. खराव बोली भएकी 

भनिन्छ,  कि बचनमा नै साक्षात सरस्वतीको बास हुन्छ । जुन महिलाको मधुर बचन छैन, त्यस्ता युवतीले कसैलाई रिझाउन सक्दिनन । खराव वा कटु बचन बोल्ने महिलाको स्वभाव पनि उसको बोलिजस्तै असभ्य र खराब हुन्छ । यस्ता महिलाकै कारण दैनिक पारिवारिक वा छिमेकमा कलह पैदा हुन्छ । त्यसैलेपनि यस्ती स्त्रीसँग बिबाह नगरेकै राम्रो ।

४. अवेरेसम्म सुत्ने बानी भएकी 

निकै ढिलासम्म सुत्ने महिलाहरु स्वभावले निकै अल्छी मानिन्छ । बेलुका चाडै सुतेपनि काम नै नभएको अवस्थामा पनि बिहान सवेरै उठ्ने महिलाले परिवारलाई नै सकारात्मक प्रभाव पार्छन । सवेरै उठेर सबैलाई चिया वा पानी दिने उनको बानीले दिनभर उनीसंग परिवारको सकारात्मक चिन्तन पैदा हुन्छ । यसैको कारण परिवारमा उनको महत्व बढ्छ । ढिला सुत्ने महिला अल्छी हुने हुँदा सबैको नजरमा नकारात्मक बन्छन । त्यस्ता युवतीलाई परिवारले त्यति मायाँ पनि गर्दैनन् । अल्छी युवतीले घर पनि सफा राख्दैनन् । घरमा लक्ष्मीको कृपा बनाईराख्नको लागि सरसफाई निकै जरूरी हुन्छ । साथै अवेरसम्म सुत्ने महिलाहरु सारीरिक रुपमै निकै कम्जोर हुन्छन । बिहान अवेरसम्म सुत्दा दिनभर थकानको महशुश हुन्छ । अवेरसम्म सुत्ने महिलाहरुलाई कयौं रोग पनि लाग्न सक्छ । त्यसैले भुलेर पनि यस्ता स्वभाव भएकी युवतीसँग बिबाह नगर्नुस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना