२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अण्डा खान मान्दैनन् युवतीहरु: भित्री कारण यस्तो पो रहेछ

२०७४, २९ आश्विन आईतवार ०३:०८

असोज २९, काठमाडौँ | अण्डा खानु स्वास्थ्यको लागि निकै फाइदाजनक छ, यो कुरा सबैलाई थाहा भएकै कुरा हो तर युवतीहरु अण्डा खान किन चाहँदैनन् होला ? 

पक्कै पनि युवतीहरुले अण्डा खान डराउनुको  भित्री रहश्य भने मोटोपन हो । तर अण्डाले मोटोपन घटाउन झनै सहयोग गर्छ भन्ने कुरा युवतीहरुलाई थाहा छैन । कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड हुन्छ ।

चिकित्सकहरुका अनुसार युवतीहरु शरीरलाई हित गर्ने पोशक तत्व अण्डा खान त्यति रुचाउँदैनन् । खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ ।

अण्डा खानुका फाइदाहरु बारे निकै प्रष्टसँग कुरा राखेपछि मात्र एकाध युवतीहरु बल्ल खान तयार हुन्छन् नत्र कतिपयलाई भने अण्डाको कारण मोटो पन बढ्ने र भद्दा देखिने डरले अण्डा खान चाहँदैनन् ।

खास गरेर १७ देखि २५ बर्षसम्मका युवतीहरुलाई अण्डाले निकै फाइदा दिने गर्छ तर यही उमेरका युवतीहरु अण्डा खान डराउँछन् । अधिकांश नेपाली युवतीहरुको २० बर्षदेखि २५ को उमेरमा बिबाह हुने तथा सन्तान उत्पादनको लागि पनि सारीरिक रुपमै तयार रहनुपर्ने तथा धेरैको संख्यामा यही उमेरमा सन्तानको चाहना राख्नेहरुको सारीरिक अवस्था स्वस्थ रहन बिशेष खानपान र हेरचाहको जरुरी हुन्छ । 

यो उमेरका युवायुवतीलाई अण्डाले झन निकै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । तर मोटाइन्छ भन्ने त्रासले उनीहरु अण्डा खाँदैनन् । 

अण्डाको फाइदाबारे अझै जानकारी लिनुहोस् 

अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।

अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा कोषलाई चल्लामा बदल्न पुग्छ । अण्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । त्यसैले अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा समेत दिने गरेका छन् । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् । 

यस्तो गुणकारी अण्डा खानुका केही प्रमुख फाइदा यस्ता छन्ः

१. मोटोपन घटाउन सहयोग गर्छ

अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण दुब्ला मानिसहरुले मोटाउनकै लागि अण्डा खाने चलन नभएको होइन । तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउन भन्दा मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोग पूराउँछ । बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ । अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरुलाई फाइदै पुग्छ ।

२. आँखाको सुरक्षा

अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन् । यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ ।

३. रक्तचाप कम गर्न तथा मुटुरोगबाट बचाउन

उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ । अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन् । यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ ।

४. चेतना बढाउन

Eggसरीरको प्राकृतिक चेतना अर्थात् रिफ्ल्याक्सेसमा सुधार गर्नका लागि अण्डा सहयोगी हुन्छ । अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ । अण्डामा कोलिन नामक तत्व पाइन्छ । यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ । यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ ।

५. दाना खुवाएका भन्दा चर्ने कुखुराबाट उत्पादित अण्डा उपयुक्त

बनिबनाउ दाना खुवाएर हुर्काइएका कुखुराबाट उत्पादित अण्डा भन्दा आफै स्वतन्त्रपूर्वक चर्न पाएका कुखुराले उत्पादन गरेका अण्डा बढि लाभदायी हुन्छन् । यस्ता अण्डामा उच्च मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । यसले रगतमा ट्राइग्लिसेराइडको मात्रा घटाउँछ र मुटुरोगको जोखिम कम गर्छ ।

६. उच्च गुणस्तरीय प्रोटिन

अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । प्रोटिन मानव सरीरको मुख्य संरचनागत तह हो । सरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ । त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ । अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ ।

विज्ञहरुका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खानु उपयुक्त हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला