२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुपारी खानेहरु सावधान ! यस्तो खतरनाक रोग लाग्ला !!

२०७४, २९ आश्विन आईतवार ०७:३४

टिप्स | सुपारी नेपाली समाजको पारम्परिक र सांस्कृतिक हिसाबले अभिन्न अंग हो । पाहुनालाई सगुनको रूपमा सुपारी दिएर सम्मान गरिन्छ भने निम्तो गर्न सुपारी चाहिन्छ भन्ने चलन अद्यापि छँदैंछ । पुजाआजामा त सुपारी नभैहुँदैन । तर, यही सुपारी हानिकारक र रोग लगाउने अम्मल पनि हो । अचेल यसको व्यवसायिकता र प्रयोग दिनदिदैं बढ्दै गएको छ ।

त्यसो हुनुमा यसको अम्मल लगाउने बैगुन मुख्य कारण हो । स्वास्थ्यका लागि हानिकारक सुपारी तथा सुपारीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने मुखका समस्यामा दाँत खिईने, स–साना चिरामार्फत् रसभित्र पसेर दाँतको रंग परिवर्तन हुने, दाग बस्ने, टुक्रा परी भाचिने र खस्रो हुने, खोकी लाग्ने, मुख खोल्न कठीन हुने, पोल्ने, मसला र पीरो खान नसक्ने, गालाको भित्री भागमा एक वा दुवैतिर सेतो–खैरो दाग देखिनेलगायत हुन्छ । त्यसपछि ओरल सबम्युकस फाईब्रोसीस भएर अन्त्यमा मुखको अर्बुद रोगसम्म हुन सक्छ । के हो ओरल सबम्यूकस फाइब्रोसिस ? यो एउटा दीर्घकालिन रोग हो, जसले मुखको कुनै भाग वा कहिलेकाहीं गला नलीमा असर गर्छ । यो कहिलेकाही बिबिराबाट सुरु हुन्छ र ‘इपीथेलीयम’ भन्दा मुनिको भागमा सुजन भएर ‘लेमाइना प्रोपाइरा’ कठोर हुन्छ । ‘इपीथेलीयम’ पातलो भएर मुखको छाला कठोर हुन्छ ।

मुख खोल्न र खान नसक्ने हुन्छ । सबभन्दा पहिले भारतीय मुलका दक्षिण अफ्रिकी महिलामा देखिएको विश्वास गरिएको यो रोग मुख्यतः भारतीयमा देखिने गरेको छ । नेपालमा ओरल सबम्यूकस फाइब्रोसिस २० देखि ४० वर्षसम्मका पुरुषमा र त्यसमा पनि तराई क्षेत्रमा बढी देखिन्छ । यो रोग अर्बुदरोग हुनुभन्दा पहिलेको अवस्था हो । यसबाट अर्बुदरोग बन्न सक्ने ७६ प्रतिशत संभावना हुन्छ । कारण ओरल सबम्यूकस फाइब्रोसिस के कारणले हुन्छ त्यति स्पष्ट नभएपनि खुर्सानीको अत्यधिक सेवन, फलाम र भिटामिन बी कम्प्लेक्सको कमी, सूर्ति सेवन, प्रतिरोधात्मक शक्तिको कमी, सुपारीजस्ता कारणले भएको मानिन्छ । तर, सुपारी तथा सुपारीजन्य पदार्थको सेवन नै प्रमुख कारण मानिएको छ । सुपारीमा भएका ट्यानीन, फलेभोनाइड तथा कत्थाले कोलाजनलाई नाश हुनबाट रोक्दछ भने अल्कल्वाइडले फाइब्रोब्लाष्टलाई उत्तेजित गरी कोलाजन बन्नमा सहयोग गर्दछ ।

त्यसकारण कोलाजन बढेर मोटो बाक्लो भई म्युकोसाको लचकता घटेर सार्हो र कठोर बन्दछ । कहिलेकाही भने लामो समयसम्म सुपारी खाने मानिसमा पनि यो रोग देखिदैंन भने कहिलेकाही सुपारी खानेमा पनि रोग देखिन्छ । सामान्य तन्तु ओरल म्युकोसालाई उपरोक्त कारणले शरीरको प्रतिरोधात्मक प्रणालीलाई रूपान्तर गरी एरेक्वाईडिन र एरेकोलिन अल्कल्वाईडले डिएनएलाई परिवर्तन गरी ओरल सबम्यूकस फाइब्रोसिस बनाउछ । लक्षण ओरल सबम्यूकस फाइब्रोसिस मुखको पछाडिको भागदेखि सुरु भएर बिस्तारै अगाडितिरको भागमा आउछ । प्रायजसो मसालादार खाना र खुर्सानी खाँदा चर्चराउने, जलन हुने गर्छ । मुखमा बिबिरा उठ्ने, फुट्ने र घाउखटिरा बन्ने गर्दछ । पहिले मुखमा र्याल बढी हुने र पछि मुख सुख्खा हुने गर्छ । स्वादमा फरकपन आउछ ।

निल्न अप्ठ्यारो हुने र कान दुख्ने गर्छ । त्यसपछि बिस्तारै मुखको छालाको लचकता क्रमशः कम भएर कठोर हुन्छ । बोल्न, चपाउन, निल्न र मुख खोल्न कठिन हुदै जान्छ । जिब्रो अगाडि ल्याउन, ओठ फर्काउन र लेब्य्राउन नसकिने हुन्छ भने निल्न खोज्दा दुख्ने र कान केही कम सुन्ने पनि हुन्छ । मुखको छाला म्युकोसाको आफ्नो रङ्ग हराएर सेतो हुँदै जान्छ । म्युकोसा कठोर भएर सिसा जस्तै चम्कने हुन्छ । नरम तालु कडा हुँदै जान्छ । टन्सिल भित्र खाल्डोमा धसिएको देखिन्छ । जिब्रो पातलो हुने र कम चल्ने हुन्छ ।

जिब्रो मुनिको भाग सेतो र छालाजस्तो कडा हुन्छ । यति हुँदाहुँदै पनि सुपारीको सेवन रोकिएन भने त्यसमा रहेका एरेकोडीन र एरेकोलीन अल्कवाइलाइडले डिएनएलाई परिवर्तन गरी म्युकोसालाई घाउमा परिणत गराएर स्क्वामस सेल कार्सीनोमा प्रकारको मुखको अर्बुदरोग बनाउँछ । निदान सुपारी तथा सुपारीजन्य पदार्थको सेवनको इतिहास र ओरल सबम्यूकस फाइब्रोसिसको लक्षण तथा चिन्हबाट रोगको निदान गर्न सकिए पनि निश्चित निदानका लागि बायोप्सी नै जरुरत पर्दछ । व्यवस्थापन सुपारी तथा सुपारीजन्य पदार्थको सेवनमा रोक, फलाम तथा भिटामिन बि कम्प्लेक्सको प्रयोग, मसालादार तथा खुर्सानीको प्रयोगमा रोक र स्थानीय कारकलाई हटाए यसबाट हुन सक्ने अप्ठ्यारा तथा जटिलताबाट जोगिन सकिन्छ । खाना खान नमिल्ने गरी मुख सानो भएको छ भने विशेष सुईको प्रयोग गरेर मुखलाई खुलाउन सकिन्छ ।

कठोर भएको भागलाई शल्यक्रियाद्वारा हटाएर मुख खोल्ने अभ्यास पनि गराउन सकिन्छ । अन्त्यमा, सुपारी प्रसाद तथा सगुनको रुपमा ग्रहण गरेपनि निरन्तर रुपमा सेवन नगरी यसबाट हुने बेफाइदा तथा रोगबाट बच्न जति जरुरी छ, त्यति नै युवापिंढीको भविष्य र जीवनमा नकारात्मक असर पार्ने सुपारीजन्य पदार्थ गुट्खा र पानमसालामाथि प्रतिबन्ध लगाउनुपर्ने टड्कारो आवश्यकता पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला