१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ६ मान्छेलाई भुलेर पनि भन्न हुँदैन आफ्नो गोप्य कुरा

१६ पुष २०७४, आईतवार ०६:३७

संसारमा बिभिन्न ग्रन्थहरु छन्, जसमा बिभिन्न तरिकाले मानिसको स्वभाव र अहिलेसम्मको ब्यबहारलाई दर्शनको रुपमा लिईएको छ । 

यस्तै मानव व्यवहारको बिषयलाई आधार मान्दै यस्ता ६ मान्छेहरुलाई आफ्ना भित्रि कुरा खोल्न नहुने भनिएको छ । यदी यस्ता ६ मानिसलाई भित्रि कुरा खोल्दिने हो भने संकटमा परिनेछ । तल पढ्न सक्नुहुनेछ: 

स्त्रियां मूढेन बालेन लुब्धेन लघुनापि वा।

न मंत्रयीत गुह्यानि येषु चोन्मादलक्षणम्।।

अर्थात- स्त्री, मूर्ख, बालक, लोभी, नीच पुरुष र पागलपन लक्षण भएका, यिनीहरुसँग गोप्य कुरा नबताउनुहोस् ।

१. स्त्री 


नेपालीहरुमा पनि यस बिषयमा निकै भनाईहरु आएका छन् कि 'महिलाको मुखमा कुनै कुरा टिक्दैन ।' स्त्रीहरुको स्वभाव चंचल हुन्छ । कुनै पनि समय महिलाहरुले आफुले सुनेको गोप्य कुरा बोल्दिन सक्छन, जसको कारण परिवार तथा विश्वास गरिएको व्यक्तिको मान-सम्मान कम हुन्छ । स्त्रीहरुको बिषयमा यो पनि भनिन्छ कि यिनीहरुको मनमा कुनै पनि कुरा अट्दैन । यसैले महिलाको अगाडी गोप्य कुरा खोल्दा काम बिग्रन पनि सक्छ ।

२. मूर्ख


मूर्ख यानेकि त्यस्तो व्यक्ति जसलाई राम्रो-नराम्रो, आफ्नो-पराई वा साथि-दुश्मनको फरक थाहा हुँदैन । यस्ता व्यक्तिको अगाडी यदि कुनै गोप्य कुरा गरियो भने उसले यस्ता कुरा अन्जानमै कसैलाई पनि भन्दै हिड्न सक्छ । 

३. बालबालिका 


कुनैपनि बच्चाको अगाडी कुनैपनि गोप्य कुरा गर्नु हुँदैन, किनकी उनीहरुलाई कसको अगाडी के बोल्न ठिक-के बोल्न बेठिक भन्ने कुरा थाहा हुँदैन । भन्ने गरिन्छ कि बच्चामा पाप हुँदैन । उनीहरु सत्य बोल्छन, कुरा लुकाउँदा हुने फाइदाबारे उनीहरु त्यति जानकार हुँदैनन् । 

४. लोभी


जुन व्यक्ति धनको लोभ गर्छ, अर्काको राम्रो भएको देखि सहँदैन्, उ स्वभावैले अरुको भलो नचाहने खालको हुन्छ । आफ्नो स्वार्थको लागि उसले अरुको बिगार्न मात्र प्रयास गर्छ । यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा खोल्दा त्यसले नकारात्मक असर पार्छ किनकी राम्रो कुरा छ भने भत्काउन र नराम्रो कुरा छ भने झनै बढाउन उसले भूमिका खेल्छ । उसले पैसाको लालचमा पनि अरुको गोप्य कुरा खोलिदिन सक्छ । 

५. नीच पुरुष (खराव काम गर्नेवाला)


जुन पुरुस्श चोरी, लूट, डकैती, दलाल आदि काम गर्छ, उ खराव हुन्छ । यस्ता मानिस आफ्नो फाइदाको लागि जे पनि गर्न सक्छ । नीच मानिस धेरै हदसम्म पनि गिर्न सक्छ । उसलाई साथि-पराईको मतलब हुँदैन ।  

५. जसमा पागलपनको लक्षण देखिन्छ 


केहि मानिस यस्ता पनि हुन्छन, जसमा पागलपनको लक्षण देखिन्छ, वास्तवमा पागल वा बहुलाएको नभए पनि कहिले काही पागलपनको संकेत देखाउने मानिसलाई पनि आफ्नो गोप्य कुरा खोल्नु हुँदैन । त्यस्ता मानिसहरुको भरोशा गर्नु हुँदैन किनकी उनीहरु कुनै पनि बेला पागल झैँ बन्न सक्छन र आफ्ना कुरा खोल्दिन सक्छन । कहिले उनीहरु अति उत्साहित हुने त कहिले निकै निराश हुने स्वभावका हुन्छन् । उनीहरु बिना कारण जे पनि गर्न सक्छन । यस्ता मानिसलाई आफ्नो भित्रि कुरा खोल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक