२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाघ, गैडा र हात्ती: कुन जनावरको आक्रमणबाट बच्न के गर्ने ?

२०७५, ५ बैशाख बुधबार ०३:२६

चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् । 

हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीको जोड छ । 

बाघ लजालु प्रजाति हो । मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान बानी लागेको र बच्चासँग भएको बाघ बढी रिसाहा हुन्छ । यस्ता बाघसँग टाढै बस्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका एकजना संरक्षण अधिकृत ऋषिराम सुवेदी बताउनुहुन्छ । 


वन्यजन्तुको आनीबानीबारे बताउँदै सुवेदीले भन्नुभयो, “बाघले जहिले पनि पछाडि या अगाडिबाट घाँटीमै आक्रमण गर्छ, नजिक नजाने, नजिस्काउने, हल्ला नगर्ने, देखेपछि विस्तारैपछि हट्नेजस्ता क्रियाकलापले बाघ आफैँ तर्किन्छ ।” 

मान्छे खान पल्किएको छ भने लुसुक्क लुकेर अर्को पट्टिबाट घुमेर आक्रमण गर्ने उहाँको भनाइ छ । त्यसैले, पाइला ताजा छन्, नंग्रा फिँजारिएको, लतारिएको छ, कतैकतै रगत देखिएको छ भने त्यो क्षेत्रबाट बाहिर निस्कनु नै बेस हुने सुवेदी बताउनुहुन्छ । 

गैँडा बाघभन्दा अलि लाटोजस्तो हुन्छ । नजिक नपरेसम्म यसले आक्रमण गरिहाल्दैन । हान्न आयो भने रुखको छेक पर्दा, रुख चढ्दा या बांगोटिंगो भाग्दा बच्न सकिने एक नेचर गाईड डोमा पौडेल बताउनुहुन्छ । 

हात्ती अलि बढी चलाख हुने भएकाले हात्तीसँग भने धेरै सतर्क हुनुपर्ने उहाँ बताउनुहुन्छ । परैबाट लखेट्ने स्वभावको हुने भएकाले हात्तीबाट जोगिन नजिक नै पर्नुहुन्न । कुनै ठूलो रुख चढ्ने, कुनै खोल्सा, ठूलो लडेको रुख पार गर्न सक्यो भने हात्तीबाट केही हदसम्म जोगिन सकिन्छ । 

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक सकेसम्म वन्यजन्तुको नजिक नै जान नहुने, जानै परे सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ । बच्चासहित हुँदा, घाइते भएका बेला तथा अन्य विभिन्न कारणले चितुवा, भालु पनि आक्रामक हुने उहाँको भनाइ छ । 

चितवन निकुञ्ज आसपास क्षेत्रमा घाँस काट्न जाँदा, निउरो टिप्न जाँदा, गाईबस्तु चराउन जाँदा वन्यजन्तुले मानिसमाथि आक्रमण गर्ने गरेको छ । कतिपय अवस्थामा वन्यजन्तुले घरमै आएरसमेत आक्रमण गर्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण