२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोक पिएको १० मिनेटदेखि १ घण्टाभीत्र मानिसलाई यतिसम्म असर गर्छ ! – नयाँ खुलाशा

२०७५, २७ बैशाख बिहीबार ०६:०३

कोकाकोलाको टेस्टबाट जो कोहि पनि यसको सेवन गर्न रुचाउँछन् | आजकाल कतिपयले गर्मीमा पिउने सबैभन्दा बढी पेय पदार्थ अन्तर्गत पनि कोकाकोला नै पर्छ | तर एक समाचारले संसारमै चर्चा पाएको छ, जुन हामीलाई पनि आवस्यक हुनसक्छ | 

'दी रेनिगेड फार्मासिस्ट' नाम गरेको ब्लग चलाउने ब्रिटेनका पूर्व फार्मासिस्ट नीरज नाइकले कोल्ड ड्रिंक पिएपछी शरीरको भीत्र हुने प्रभावको बारेमा खुलाशा गरेका छन् | जुन कुरा पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेको छ |

नीरज नाइकले एक ग्राफिकको माध्यमबाट बताएका छन् कि कसरी कोल्ड-ड्रिंक्सको सेवनबाट शरीरमा अत्यावश्यक खनिज तत्व बाहिर निकाल्छ र मानिसलाई मानसिक र शारीरिक रूपमा हानी गर्छ भन्ने कुरा सार्वजनिक गरेका छन् | उनले एक केन कोकको सेवनबाट आउने एक घण्टासम्म हुने प्रभावको बारेमा खुलाशा गरेका हुन्-


पहिलो १० मिनेट:

जब तपाइले एक केन कोक पिउनुहुन्छ तव तपाइको शरीरमा १० चम्चा शुगर एकसाथ जान्छ | यो मात्रा २४ घन्टाको लागि चाहिने शुगरको मात्रा बराबर हो | अचानक बढी गुलीयो खाँदा तपाईलाई बान्ता समेत हुनसक्छ तर यसमा मिलाइएको फोस्फोरिक एसिडको कारण बान्ता भने हुँदैन | जसले गुलीयोको टेस्ट परिवर्तन गर्छ |  

२० मिनेट पछी –

कोक पिएको २० मिनेटमै पिउने मानिसको ब्लड शुगर एकदम बढ्छ | जसको कारण शरीरबाट इन्सुलिन तीब्र मात्रामा बाहिर निस्कन्छ | शरीरको मिर्गौलाले यसमा काम गर्छ र यसलाई फ्याट (चिल्लो पदार्थ) मा बदलिदिन्छ |

४० मिनेट पछी-

अब पिउने मानिसको शरीरमा क्याफीनको निकै मात्रा बाहिर निस्कन्छ | अर्को तिर ब्लड प्रेशर पनि उत्तिकै बढ्छ | यसका साथै तपाइको मिर्गौलाले रगतमा शुगर पठाउने काम गर्छ | मस्तिष्कमा रगत जान रोकिन्छ जसको कारण निन्द्रा लागेजस्तो हुन्छ |

४५ मिनेट पछी –

यति समय पछी तपाइको सरिरमा हिरोइन (मादक पदार्थको नाम) लिएको जस्तै लाग्छ | शरीरमा डोपामाइनको उत्पादन बढ्छ | यसमा मस्तिष्कलाई खुशी दिने हिस्सा सक्रिय हुन्छ | 

६० मिनेट पछी –

कोक पिएको एक घण्टापछी तीन प्रक्रिया हुन्छ - 

१. फोसफोरिक एसिडले तपाइको शरीरको इंटेस्टाईनमा क्याल्शियम, म्याग्निशियम र जिंकलाई एकतृत पार्छ | यसले मेटाबोलिज्म बढाउँछ | शुगर र अन्य आर्टिफिशियल स्वीटनर्सको बढी मात्रामाको कारण मेटाबोलिज्म थप बढ्छ | एस्पछी मानिसलाई पिसाव फेर्न पर्ने हुन्छ जसमा सरिरबाट अन्य बेलाको जस्तो पिसाव नभई सरिरलाई चाहिने क्याल्सियम बाहिर निस्कन्छ |

२. क्याफीनलाई तरल बनाउने गुणको कारण तपाइँलाई पटक पटक पिशाव गर्न जानुपर्ने बनाउँछ | जुन पिसाव मार्फत शरीरमा भएको क्याल्सियम, म्याग्निशियम, जिंक, सोडियम र पानी बाहिर जान्छ जो वास्तवमा पिशाव मार्फत तपाइको ट्वाइलेटमा नभई शरीरको हड्डीमा जानुपर्ने थियो |

३- अर्को कुरा के पनि छ कोक एक पटक सेवन गरेपछि फेरी पनि सेवन गर्न मन लाग्ने हुन्छ, जुन हुनुको पनि कारण छ, कोकको मीठोपनले तपाइँलाई अल्छीपन ल्याउँछ | सादा पानी खाँदा हाम्रो सरिरलाई निकै फाइदा गर्छ भने कोकमा हुने पानी माथिको प्रक्रियाको असरले गर्दा सरिरमा बसिराख्दैन, उक्त पानी यूरिन मार्फत बाहिर जान्छ | यसरी कोक पिउदा तपाइको शरीरको हड्डि र दाँतलाई आवश्यक आवश्यक खनिज शरीरबाट बाहिर जाने हुँदा सारीरिक रुपमा कोक निकै बेफाइदाजनक छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल