२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार

२१ जेष्ठ २०७५, सोमबार ०६:०४

जेठ २१, नुवाकोट | ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । 

लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन् । 

उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीसमेत गरिएको छ । अध्ययनको क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिनुभयो । 

“बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट विसं २०७२ को माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थी मात्र क्बलमा आबद्ध छौँ ।” अध्यक्ष पाण्डेले भन्नुभयो “विद्यालयतह, दश जोड दुई र हाल केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनको क्रममा पाठ्यक्रममा उल्लेखित विषयवस्तुको सहयोगले नयाँ उपकरणको आविस्कार गर्न सफल भएका हाँै ।” 

क्लबमा आबद्ध युवा विद्यार्थीले निर्माण गरेको राति आफैँ बल्ने र दिउँसो आफँै निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र स्वचालित पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक उपकरणलगायतका प्रविधि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । 

“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेकाले अब परीक्षणको क्रममा छ तर, सञ्चालन तथा उपयोगको लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ ।” पाण्डेले भन्नुभयो । २१ प्रकारका नयाँ आविस्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मिहेनत खर्चनु पर्र्छ ।” उहाँले भन्नुभयो ।(रासस) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य