२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

स्वरोजगार बन्दै विद्यार्थी

२०७५, २१ जेष्ठ सोमबार ०७:२४

जेठ २१, ललितपुर | विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् । 

लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थालेको सहायक प्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । 

विद्यालयले चार वर्ष पहिलेदेखि कक्षा ९ बाट प्राविधिक विषयअन्तर्गत यो विषयको पढाइ शुरु गरेको थियो । अहिले कक्षा १२ सकेको पहिलो ब्याच विद्यालय सकाएको सहायक प्रधानाध्यापक थापा बताउनुहुन्छ । 

कतिपय विद्यार्थी स्नातक अध्ययनका लागि विभिन्न कलेजमा नाम निकालेका छन् । नाम ननिकालेका र विज्ञानलगायतका अरु संकायमा अध्ययन शुरु गरेका विद्यार्थीले भने काम थालेका छन् । उहाँ भन्नुहुन्छ, “सामान्य विषय पढेका स्नातकोत्तर गरेकालाई समेत रोजगारी पाउन गाह्रो छ तर यो विषयमा १२ सकेका हाम्रा विद्यार्थी खाली बस्नु परेको छैन ।” 

पढाइमा अब्बल र मध्यम दुवैखालका विद्यार्थीका लागि यो विषय उपयोगी भएको विद्यालयको अनुभव छ । पढाइमा राम्रा विद्यार्थी इञ्जिनियरिङमा नै विभिन्न कलेजमा स्नातक अध्ययन गर्न थाल्छन् । मध्यमखालको पढाइ भएका विद्यार्थी विद्युत् जडानलगायतका काममा लाग्छन् । उहाँ भन्नुहुन्छ, “कतिपय विद्युत् प्राधिकरणका लागि आवेदन भरेर तयारीमा लाग्ने गरेका छन् ।” 

धेरै अभिभावकले प्राविधिक विषय पढाउन चाहने विद्यालयको अनुभव छ । कतिपयले निजी विद्यालयमा कक्षा ८ सम्म पढेका विद्यार्थीलाई समेत प्राविधिक विषय पढाउन यहाँ ल्याउन थालेका छन् ।(रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण