२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

गर्मीका कारण दैनिक ७० जनासम्म बिरामी

२१ जेष्ठ २०७५, सोमबार ०७:४४

जेठ २१, बैतडी | अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । 

जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६० /७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । 

ज्वारो र झाडापखाला लगायतका बिरामी उपचारका लागि बढी आउने गरेको छ, उहाँले भन्नुभयो, “गर्मीका समयमा खानपिनमा विशेष ध्यान दिन नसक्दा बढी बिरामी पर्ने गरेका छन् ।” यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारण बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । गर्मी समयमा जिल्लाका अधिकांश स्थानमा पानीको अभाव भएपछि सरसफाइमा ध्यान नदिँदासमेत बिरामीको संख्या बढ्दै गएको बताइएको छ । 

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य