२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजारमा भारतबाट ल्याइएका कार्बाइडयुक्त आँप, क्यान्सरसम्मको खतरा: पढ्नुस कसरी ?

२०७६, १७ जेष्ठ शुक्रबार १०:४५

सास | प्राकृतिक रुपमा फल पाक्ने समयभन्दा अगाडीनै रासानियक पदार्थको प्रयोग गर्दा प्राणघातक हुने बिभिन्न तथ्यहरु छन् । पछिल्लो समय क्यान्सर जस्तो घातक रोगको कारण लाखौँको शंख्यामा मानिसहरुको मृत्यु भएका छन् । 

यसै सन्दर्भमा नेपाली बजारमा सरकारी अनुगमन तथा गुणस्तरको मापनमा ध्यान नदिंदा तथा बिदेशी मूलुकबाट बिभिन्न बेसिजनका फलहरु आयात हुँदा त्यसले नेपाली जनस्वास्थ्यमा खतरनाक रोगको शिकार हुने खतरा बढ्दै गईरहेको छ । रासायनिक पदार्थको प्रयोग गरि फल पकाउने तथा त्यसको आकार बढाउने, तौल बढाउने जस्ता कामहरु भईरहेका छन् । मानिसले खाने कुराहरुमा रसायन पदार्थ प्रयोग गर्दा मानव स्वास्थ्यमा निकै हानिकारक समस्या पैदा हेन हुन्छ । बजारमा आउने आप, केरा वा अन्य फलहरुलाई बिक्रि अनुपात अनुसार पकाउनको यस्ता रसायनको अत्याधिक प्रयोग हुने गरेको पाइएको छ, जसको लागि क्याल्सियम कार्बाइडको प्रयोग गरिन्छ ।

गाउँघरमा केरा पकाउनको लागि बिबिध प्राकृतिक उपाय अपनाउनु राम्रो मानिएपनि सिधै बजारमा पाइने रासायनिक पदार्थको प्रयोग हुनु घातक बिषय हो । पछिल्लो समय आपको बेसिजनमा नेपाली बजारमा छ्यापछ्याप्ती आपहरु बिक्रि गरिएका छन् । जसमा पनि घातक क्याल्सियम कार्बाइडको प्रयोग भएको बिभिन्न समाचारहरु आएका छन् ।

क्याल्सियम कार्वाइडलाई कार्वाइड मात्र पनि भनिन्छ । फलफुल बिक्रेता खुद्रा ब्यापारीहरुले पनि आफ्नो घरमा यसको प्रयोग गर्ने गर्छन । फल तथा तरकारीलाई ताजा राख्न, आकर्षक बनाउन, लामो समयसम्म टिकाईराख्न उनीहरुले बिभिन्न किसिमका अन्य कृत्रिम रंगको समेत प्रयोग गर्छन । कृत्रिम तरिकाले पकाइएको फलमा धब्बा तथा अप्राकृतिक चम्किला रंगहरु हुन्छन् । नेपालमा बिभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग गरिएका खाने कुरा बेच्न नपाइने भएपनि बजार अनुगमन नहुँदा तथा निर्वाध रुपमा छिमेकी मुलुक भारतबाट बिषादीयुक्त फलफुल नेपाल भीत्रिने तथा नेपालमै ल्याई प्रयोग हुने गरेको छ । 

नेपालमा आँपको राजधानी मानिने सिरहा जिल्लामै अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको समाचार छ । सो स्थानबाट सिरहामा पाकेको आप भन्दै काठमाडौँसम्म उक्त आप आयात हुने गरेको छ । 

कार्बाइड कसरी हानिकारक हो ? 

कार्वाइडमा आर्सेनिक तथा फोस्फोरस हुन्छ । पानीको सम्पर्कमा आएपछि यसबाट एसीटिलीन ग्याँस (जसलाई कार्बाइड भनिन्छ) निक्लन्छ । क्याल्सियम कार्बाइडमा क्यान्सर लाग्ने तत्व हुन्छ । यसको सम्पर्क मानव शारीरमा हुँदा टाउको दुख्ने, चक्कर लाग्ने, दिमागी रुपमा असर, अत्यधिक निन्द्रा लाग्ने, मानसिक उल्झन, स्मरणशक्ति कम हुने जस्ता मानसिक समस्या समेत आईपर्छ |

त्यसो त कार्बाइड प्रयोग भएको फल प्रोटीन समाप्त हुन्छ । यति मात्र होइन लामोसमयसम्म रासायनिक पदार्थबाट पाकेको फल तथा तरकारी सेवन गर्दा अल्सर तथा मृगौला सम्बन्धि रोग उत्पन्न हुन्छ । साथै पेट सम्बन्धि रोगले सताउने हुन्छ ।

उपयोग अघि ध्यान दिनुहोस्  

- खानु वा पकौनी अघि फलफुल तथा तरकारीलाई राम्ररी पखाल्नुहोस् 

- सम्भव भएसम्म आफ्नो परिचित व्यापारीसँग फलफुल तथा तरकारी किन्नुहोस् 

- फल वा तरकारीको प्रयोग अघि बोक्रा फालेर खानको लागि प्रयोग गर्दा विषादीको मात्रा कम हुन्छ 

- बजारमा काटिएका फलफुल तथा तरकारी नकिन्नुहोस वा चाख्नको लागि भन्दै सेवन नगर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस