बर्गर र पाउराटी मन नपर्ने प्राय कमै होलान । तर कतिपय कुराहरु मनपर्यो भनेर खाँदा त्येसले धेरै असर गर्छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बर्गर र पाउराटी मन नपर्ने प्राय कमै होलान । तर कतिपय कुराहरु मनपर्यो भनेर खाँदा त्येसले धेरै असर गर्छ । "/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

होसीयार ! बर्गर र पाउरोटीबाट पनि क्यान्सरको खतरा

१९ असार २०७३, आईतवार ११:३०

बर्गर र पाउराटी मन नपर्ने प्राय कमै होलान । तर कतिपय कुराहरु मनपर्यो भनेर खाँदा त्येसले धेरै असर गर्छ । अहिले फास्टफुडको जमाना छ, भोक लाग्ने बित्तिकै तुरुन्तै फास्टफुड खानाको खोजी गर्छन मानिसहरु ।pauroti

त्यसै क्रममा सबैभन्दा छिटो भेटिने खाजा हो पाउरोटी र बर्गर । तर पाउरोटी, बर्गर जस्ता बेकरी उत्पादनबाट क्यान्सरको खतरा बढ्छ भन्ने तथ्य हालै प्रकाशमा आएको छ ।

यो तथ्य भारतमा गरिएको एउटा लामो अनुसन्धानबाट पत्ता लागेको हो । ‘सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्टले’ गरेको अनुसन्धानबाट पाउरोटी, बर्गरजस्ता खानेकुरामा क्यान्सरको कारक तत्व फेला पारिएको हो ।

त्यसै क्रममा दिल्लीमा बेचिने प्रख्यात ब्राण्डका पाउरोटी र बर्गरमाथि अनुसन्धान गरिएको बताइन्छ । अनुसन्धानमा पाउरोटीमा पोटासियम ब्रोमेट र पोटासियम आयोडेटजस्ता हानिकारक रसायन पाइएको हो । यी रसायनका कारण क्यान्सर हुने विज्ञको भनाई छ ।

पोटासियम ब्रोमेट विकसित मुलुकमा प्रतिबन्धित छ । भारतसहितका विभिन्न मुलुकमा भने यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छैन । पोटासियम आयोडेटबाट भने थायराइड सम्बन्धी रोग लाग्न सक्ने जनाइएको छ । विभिन्न ३८ ब्राण्डका बेकरीजन्य उत्पादनमा गरिएको अनुसन्धानमा ८४ प्रतिशत उत्पादन स्वास्थ्यका लागि हानीकारक पाइएको बताइएको छ ।

स्वास्थ्यका लागि त्यस्ता उत्पादन हानिकारक हुने तथ्य सार्बजनिक भएसंगै प्रतिवेदनमार्फत भारत सरकारलाई बेकरीजन्य पदार्थमा हानिकारक रसायन प्रयोगमा प्रतिबन्ध लगाउन समेत माग गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने