बर्गर र पाउराटी मन नपर्ने प्राय कमै होलान । तर कतिपय कुराहरु मनपर्यो भनेर खाँदा त्येसले धेरै असर गर्छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बर्गर र पाउराटी मन नपर्ने प्राय कमै होलान । तर कतिपय कुराहरु मनपर्यो भनेर खाँदा त्येसले धेरै असर गर्छ । "/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

होसीयार ! बर्गर र पाउरोटीबाट पनि क्यान्सरको खतरा

२०७३, १९ असार आईतवार ११:३०

बर्गर र पाउराटी मन नपर्ने प्राय कमै होलान । तर कतिपय कुराहरु मनपर्यो भनेर खाँदा त्येसले धेरै असर गर्छ । अहिले फास्टफुडको जमाना छ, भोक लाग्ने बित्तिकै तुरुन्तै फास्टफुड खानाको खोजी गर्छन मानिसहरु ।pauroti

त्यसै क्रममा सबैभन्दा छिटो भेटिने खाजा हो पाउरोटी र बर्गर । तर पाउरोटी, बर्गर जस्ता बेकरी उत्पादनबाट क्यान्सरको खतरा बढ्छ भन्ने तथ्य हालै प्रकाशमा आएको छ ।

यो तथ्य भारतमा गरिएको एउटा लामो अनुसन्धानबाट पत्ता लागेको हो । ‘सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्टले’ गरेको अनुसन्धानबाट पाउरोटी, बर्गरजस्ता खानेकुरामा क्यान्सरको कारक तत्व फेला पारिएको हो ।

त्यसै क्रममा दिल्लीमा बेचिने प्रख्यात ब्राण्डका पाउरोटी र बर्गरमाथि अनुसन्धान गरिएको बताइन्छ । अनुसन्धानमा पाउरोटीमा पोटासियम ब्रोमेट र पोटासियम आयोडेटजस्ता हानिकारक रसायन पाइएको हो । यी रसायनका कारण क्यान्सर हुने विज्ञको भनाई छ ।

पोटासियम ब्रोमेट विकसित मुलुकमा प्रतिबन्धित छ । भारतसहितका विभिन्न मुलुकमा भने यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छैन । पोटासियम आयोडेटबाट भने थायराइड सम्बन्धी रोग लाग्न सक्ने जनाइएको छ । विभिन्न ३८ ब्राण्डका बेकरीजन्य उत्पादनमा गरिएको अनुसन्धानमा ८४ प्रतिशत उत्पादन स्वास्थ्यका लागि हानीकारक पाइएको बताइएको छ ।

स्वास्थ्यका लागि त्यस्ता उत्पादन हानिकारक हुने तथ्य सार्बजनिक भएसंगै प्रतिवेदनमार्फत भारत सरकारलाई बेकरीजन्य पदार्थमा हानिकारक रसायन प्रयोगमा प्रतिबन्ध लगाउन समेत माग गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ