तपाईहरुको यस्ता नराम्रा बानीहरु छन् भने आजैबाट त्यागिहाल्नुस त्येस्ता बानिहरुको कारण तपाई सबैको नजरमा नराम्रो बन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तपाईहरुको यस्ता नराम्रा बानीहरु छन् भने आजैबाट त्यागिहाल्नुस त्येस्ता बानिहरुको कारण तपाई सबैको नजरमा नराम्रो बन्न"/>
२०८२, १७ फाल्गुन आईतवार
काठमाडौँ - KTM

आजैबाट यी ११ बानी त्याग्नुहोस्

२०७३, १९ श्रावण बुधबार ०७:००

तपाईहरुको यस्ता नराम्रा बानीहरु छन् भने आजैबाट त्यागिहाल्नुस त्येस्ता बानिहरुको कारण तपाई सबैको नजरमा नराम्रो बन्नु हुन्छ त्येसैले यस्ता बानीहरु आजै बाट त्यागिहाल्नुस । पढ्नुहोस के के रहेछन ति बानीहरु ।

१.मनको कुरा लुकाउने-  मुस्कुराएर आफ्नो कुरा लुकाउनु भन्दा रिसाएर कुरा राख्नु राम्रो मानिन्छ । यति तपाईले आफ्नो भावना वा विचारलाई अरुसामु प्रष्ट राख्नुभो भने तपाईलाई अरुले बुझ्न सक्दछन् । जसले गर्दा तपाईको इमान्दारिता पनि बढ्छ ।

२.जतिबेला पनि निराश हुने- जतिबेला पनि निराश वा दुखी हुने मानिसले आफ्नो इमेज वा छवि विगारिरहेको हुन्छ । विशेषगरी अफिसमा काम गर्ने मानिस निराश वा बेखुशी देखिएमा अरुले त्यस्तो मानिस असक्षम भएको र त्यस्तो मानिसले कसैलाई पनि विश्वास नगर्ने भन्ने बुझ्दछन् ।

३.फेसबुकमा धेरै फोटो हाल्ने- हालै गरिएको एक अध्ययनले जो मानिसले फेसबुकमा बढी फोटो हाल्छन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यस्ता मानिसबाट धेरैजना वाक्क हुने गरेको अध्ययनले पत्ता लगाएको थियो ।

४. छलफल वा गफ गर्दा मोबाइल चलाउने- प्रायः मानिसले छलफल वा गफ गर्दा आफ्नो मोबाइल चलाउने गर्दछन् । तर यो बानीले गर्दा कुरा गरिरहेको अर्को मानिसलाई चित्त बुझिरहेको हुदैन । गफ गर्दै मोबाइल खेलाउँदा छलफल वा गफमा तपाईको कुनै रुचि नरहेको भन्ने बुझिन्छ ।

५. सबैसँग ठीक्क हुने- सबैसँग राम्रो बोल्नु वा राम्रो व्यवहार गर्नु राम्रो हो । तर सबैसँग जतिबेला पनि राम्रो हुन खोज्नु भनेको बेइमानी हो । यदि तपाईले पनि यस्तो गर्नुहुन्छ भने तपाईले देखाउने सज्जनता वा इमान्दारितामाथि मानिसले शंका गर्न थाल्दछन् । कहिलेकाही नराम्रो हुनु पनि राम्रो मानिन्छ । त्यसकारण सबैसँग राम्रो हुन यस्तो व्यवहार नगर्नुहोस् ।

६. हाँसो ठट्टा वा मजाक नगर्ने-  विभिन्न कम्पनीमा गरिएको एक अनुसन्धानले जो मानिस चाहिनेभन्दा गम्भीर हुन्छन् र हाँसो ठट्टा गर्दैनन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यहाँसम्म कि प्रेम तथा वैवाहिक सम्बन्धमा रमाइलो वा हाँसीमजाक नभएका कारण सम्बन्ध बिग्रिएको पनि अध्ययनका क्रममा पत्ता लागेको थियो ।

७. नहाँस्ने वा नमुस्कुराउने-  जो मानिस मुस्कुराउँछ वा हाँस्दछ त्यो मानिस सबैको प्रिय हुन्छ । यदि पहिलो भेटमा तपाई मुस्कुराउनु भयो भने तपाईलाई भेट्ने मानिसलाई तपाईको अनुहार भुल्न निक कठिन हुन्छ । तर दुखद अवसरमा मुस्कुराउँनु राम्रो मानिदैन किनभने यस्तो अवसरमा हाँस्दा वा मुस्कुराउँदा तपाई संवेदनाहीन वा क्रुर मानिस हो भन्ने सन्देश जान्छ ।

८. नङ टोक्ने वा नाक कोट्याउने- सार्वजनिक ठाँउमा बस्दा वा हिड्दा दाँतले नङ टोक्ने वा औंलाले नाक कोट्याउने बानीले तपाईको व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यसकारण यो बानी छ भने हटाइहाल्नुहोस् ।

९. अरुको कुरा गर्ने वा कुरा काट्ने- कसैकसैको बानी नै अरुको कुरा काट्ने हुन्छ । तर यस्ता मानिसलाई धेरैले मन पराउँदैनन् । यसको कारण के हो भन्दा एउटाको कुरा काट्ने मानिसले अर्कोको पनि कुरा काट्छ । यदि तपाईले कसैसँग कसैको कुरा काट्नु भएको छ भने कुरा सुनिरहेको मानिसलाई तपाईले उसका बारेमा पनि अरुसँग कुरा काट्नुहुन्छ भन्ने परेको हुन्छ ।

१०. सानो कुरामा पनि गुनासो वा टिप्पणी गर्ने-  मानिसले अरुको सामान्य गल्ती वा कमजोरीबारे टिप्पणी गर्दा वा सामान्य कुराबारे पनि गुनासो गर्दा आफूलाई गौरव भएको महसुस गर्दछन् । तर सामान्य कुराबमा पनि पटक पटक टिप्पणी वा गुनासो गर्नु भनेको कचकच गर्नु जस्तै हो । त्यही भएर यस्ता कचकचे मानिस पनि धेरैका अप्रिय नै हुन्छन् ।

११. चाहिनेभन्दा बढी नम्र हुने-  नम्रता राम्रो गुण हो । तर चाहिनेभन्दा बढी नम्र हुनु निकै खराव मानिन्छ । अरुले तारीफ गरुन् भनेर जतिबेला पनि नम्र हुँदा धेरैलाई मन परिरहेको हुदैन । त्यही भएर धेरै नम्र हुने व्यक्तिलाई कसैले पनि मन पराउँदैनन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला