२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हड्डी बलियो बनाउने यी हुन् ५ घरेलु उपाय

५ माघ २०७८, बुधबार ०६:४७

माघ ५, काठमाडौँ | कुनै पनि जीव उभिन, हिँड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ। मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ। त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ। हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन्। हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ।

घाम ताप्ने : हड्डी बलियो पार्न सूर्यको किरणको महत्त्वपूर्ण भूमिका रहन्छ। सूर्यको किरण शरीरमा पर्दा यसबाट शरीरले भिटामिन डी प्राप्त गर्दछ। भिटामिन डीको कमी पुरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ। त्यसैले दैनिक बिहान १० मिनेट घाम ताप्नु पर्दछ। यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ।

क्याल्सियमयुक्त खाना : हड्डीलाई बलियो बनाउन डाइटमा हरियो सागसब्जी, दूध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नु पर्दछ। यसले शरीरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ। साथै हड्डी बलियो बनाउँछ।

डोरी खेल्ने : नियमित बिहान बेलुका १०-१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) हड्डी बलियो हुन्छ। यसले शरीरमा अन्य लाभ समेत पुर्‍याउँछ।

जैतुन, धनियाँको प्रयोग : खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ। साथै धनियाँमा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुन्छ।

लसुन र प्याजको सेवन : लसुनलाई दूधमा उमालेर खिर जस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ। साथै प्याजमा सल्फरको मात्रा धेरै हुन्छ। जुन हड्डी बलियो हुनका लागि आवश्यक पर्दछ। त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नु पर्दछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य