२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदुवा खानुहाेस्, हुन्छ स्वास्थ्यमा यी सात फाइदा

१७ चैत्र २०७८, बिहीबार १०:०३

चैत १७, काठमाडौँ । नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन, अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएकाे छ । 

अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फाेरस, आइरन, जिन्क, कपर तथा क्राेमियमजस्ता पाेषक तत्व पनि पाइन्छ ।

यी सात कारणलाई ध्यान दिएर पनि अदुवालाई हामीले हाम्राे दैनिक डाइटमा समावेश गर्नु पर्ने हुन्छ :

ब्याक्टेरियासँग लड्छ

अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसकाे नियमित सेवन गर्दा घाँटीकाे संक्रमण हुनबाट हामी बच्न सक्छाैँ ।

रेडिकल्स नष्ट गर्छ

शरीरमा पैदा हुने फ्रि रेडिकल्सलाई निस्तेज गर्न पनि अदुवाले सहयाेग गर्छ । यस्ता रेडिकल्सले हाम्रा काेशहरुमा नाेक्सान पुर्याउँछन् ।

दुखाई हटाउँछ

अदुवाकाे प्रयाेगले हड्डी तथा जाेर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात् बाथराेगहरुबाट पनि हामीलाई टाढा राख्न सहयाेग गर्छ ।

रगत सफा गर्छ

अदुवाले हाम्राे रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्राे रगत सफा गर्न धेरै नै सहयाेग गर्छ ।

पाचन प्रक्रिया र राेगविरुद्ध लड्ने क्षमता बढाउँछ

अदुवाकाे प्रयाेगले हाम्राे पाचन प्रक्रिया पनि बलियाे बन्छ । यसले हाम्राे ताैल घटाउन पनि सहयाेग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयाेग गर्छ ।

खाेकी कम लाग्छ

अदुवाले शरीरलाई बलियाे बनाउनुका साथै हामीलाई लाग्ने खाेकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्राे बनाउन पनि यसले सहयाेग गर्छ ।

दुखाइ कम गर्छ

अदुवाले हाम्राे रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दाे उमेरमा अदुवा खानु अझ राम्राे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा