२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्मृतीको पानामा सजिएको रारालाई प्रत्यक्ष भेट्दाको त्यो क्षण (यात्रा स्मरण)

१९ कार्तिक २०७३, शुक्रबार ०७:०२

पूर्णबहादुर खड्का (अछाम) |

प्रकृतिको सुन्दर उपहार रारा हेर्ने भनेपछि कसको मन प्रफुल्ल नहोला ! मानव शरीरलाई सक्रिय बनाइ राख्न आरामका साथै मनोरञ्जन पनि चाहिने रहेछ । रारालाई फोटोमा हेर्दा त त्यति सुन्दर लाग्छ भने प्रत्यक्ष भेट्दा झन कति राम्रो होला भन्ने कौतुहल्ता मनमा सधैँ भईरहेको थियो । त्यसैले पनि यो यात्रा नगरि सम्भब थिएन । यात्राका लागी हिड्नु त पर्छ नै । यहि सोचेर अर्थात अझ भन्नु पर्दा जीवन भनेकै यात्रा सम्झेर रारा जाने योजना बुन्यौँ हामीले । यसैले तिहार बिदाको सदुपयोग गरेर हामी जम्बो टोलीका साथ रारा घुम्न जाने भयौँ । जसरी हाम्रा मित्र दिपक बिष्टले १ महिना अघि नै मोटरसाईकलमा रारा घुम्ने सपना छ भनेर फेसबुकमा स्टाटस लेख्नु भएको थियो त्यहि स्टाटस अनुसार हाम्रो पनि योजना भयो रारा घुम्न जाने । तद्अनुसार हामी त्यही योजनामा सामाजिक संजाल फेसबुक मात्र एउटा समुह बनाएर यात्राको योजना गरयौँ । योजना बनाउदै गर्दा हाम्रो समुहमा १७÷१८ जना समाशबेश भएपनि अन्त्यमा हामी १२ जना मात्र रारा जान तयार भयौँ । यात्रामा दिपक बिष्ट, रमेश महर, जीवन बोहरा, पुष्प खनाल, जनक कडायत, गोविन्द गिरी, शुसिल रावल, किरण कुवँर, कृति बिष्ट, दिपेन्द्र शाही, भरतराज गिरी, दिवस तिमिल्सैना र म समाबेश भयौँ । यात्राका लागि प्राथमिक उपचारको सामग्रीको जिम्मा पुष्पराज खनाल र मैले मिलेर तयार गरिसकेपछि ११ गतेका लागी १२ जनाको टोली रारा जान तयार भयो । सोही अनुसार ७ वटा मोटरसाईकललाई हामीले यात्राको साधन बनायौँ र ११ गते बिहान १२ बजे हाम्रो टोली रारा घुम्नका लागी बयालपाटा अस्पतालबाट हिड्यौँ । 

अस्पतालबाट करिब डेढ घण्टाको यात्रा पछि हामी मध्यपहाडी राजमार्ग अन्र्तगतको ठुलासैनमा पुगेर खाना खायौँ । र ठुलासैन खाना खाईसकेपछि हामीसंग २ जना रुप खड्का र नम खड्का पनि यात्राका लागी संगै जोडिए । यात्रा अघि बढ्यो र करिब ४ बजे तिर हामी कर्णाली नदि पुग्यौँ । यहाँसम्मको बाटो हाम्रा लागी नौलो थिएन । अछाम छोडेर दैलेख हुदै अर्थात कर्णालीको तिरैतिर हाम्रो यात्रा अघि बढ्यो । उकाली ओराली, पुलपुलेसा अनि जंगलको हरियाली हुदै हामी मान्म पुग्ने सुरमा अगाडी बढिरहयौँ । पारी अछाम वारी दैलेखको बिचमा बग्ने कर्णालीको मन्द गतिले हाम्रो मनै लोभ्यायो । दिवस तिमिल्सैना मित्र र म सबैको पछि पछि हुदै बाटोमा फोटो खिच्दै गयौँ भने अरु साथीहरु एकहोरो मोटरसाईकलमा कुदिरहे । कालिकोटको उकालो लागेपछि हामीलाई तिहारले ठाँउठाँउमा रोकिरहेयो । जता ततै तिहारको रौनक छाएको थियो । ससाना भाईबहीनीहरुको देउसी भैलोको टिमहरु हाम्रो मोटरसाईकललाई अघि बढ्नै दिएनन् । यो दृष्यले सानोमा तिहारको बेला आफुले देउसी भैलो खेलको याद समेत दिलायो । यहि बिषयमा दिवस तिमिल्सैना मित्र र म कुरा गर्दै गयौँ भने यो क्रम निरन्तर मान्म बजार सम्म चलिरहयो । डाँडाको बिचमा रहेको मान्म पुग्दा निकै उचाईमा पुगेको भान भयो भने चिसो पनि उत्तिकै बढेको थियो ।  


अछाम छाडेको पहिलो दिन हामी कहिर साढे ६ बजे तिर कालिकोटको मान्म पुग्यौँ र हाम्रो पहिलो बास मान्मको होटेल ह्वाईट हाउसमा भयो । भोलीपल्ट बिहान ७ बजे हामी कालिकोट बजार घुम्न निस्कियौ भने मित्र रमेश महर र शुसिल रावले भने मान्म बजारको टुप्पो अर्थात रानीको कपाल कोर्ने भन्ने ठाँउमा पुगेर फर्के । बिहानको ८ बजेसकेको थियो हाम्रो यात्रा मान्मबाट अघि बढ्यो । बिहानी पखको चिसो चिर्दै कर्णालीको तिर पहाडै पहाडको साघुरो बाटोमा हामी ८ वटा मोटरसाईकलहरु हुईकाउदै अघि बढ्यौँ । उकालो ओरालो हुदै वारीपारी ठुला ठुला पहाडको बिचमा बग्ने कर्णालीको आवाज हाम्रो कानमा गुञ्जयमान भईरहेको थियो । हामी केही अघि हिडिसकेपछि सामुहिक फोटो लागी ठुलो पहाडको अगाडी रोकियौँ, त्यो ठाँउको दृष्य बडो रोमाञ्चक तथा चामत्कारिक थियो । 


बिहानको १० बजिसकेको थियो हामी कालिकोटको नाग्म पुगेर बिहानको खानाँ संगैँ त्यहाँको स्थानिय भेडा अर्थात च्यांग्राकाको मासु समेत खायौँ । खाना खाईबरी पुनः यात्राले गति लियो । कालिकोटलाई बिदाईसंगै बिस्तारै हिमा खोलाको तिरै तिर कच्चि सड्कमा हाम्रो यात्रा बढ्यो । जति अगाडी बड्यो त्यति नै नयाँ नयाँ परिवेशका दृष्हरु उजागर भईरहे । नयाँ ठाँउमा भएको पहिलो पटकको यात्राले रमाइलो भईरह्यो । भरखरै मात्र ट्रयाक खुलेको कच्ची सडकमा हाम्रो यात्रा अघि बढिरहयो । मंगलसेनबाटै कच्ची बाटोमा हिडेका हामी यात्राभरीनै बाटोमा भएका खोल्साखोल्सीले केही असहज बनायो । हुन त प्राय सबैको बानी परिसकेकाले होला कुशलतापूर्वक ड्राईभ गर्दा सहज नै महशुस भईरहेको थियो । पहाडी बाटोमा कहिकाँही असहज हुनु स्वभाभिक पनि थियो भने यात्रा निकै रोमाञ्चित पनि थियो । हिमा खोलाको तिरैतिर देखिएका रंगिविरंगी पर्वत, पहाड, अजंगका चट्टानको सुन्दरताले मन लोभ्याईरहेको थियो । केही बेरको यात्रा पछि हामी जुम्लाको सिंजा प्रदेशको बजारमा दिउसोको चियाँ खान रोकियौँ । चियाँ खादै गर्दा त्यस क्षेत्रको बारेमा केही जान्न मन लाग्यो र त्यसको बारेमा हाम्रा मित्र रमेश महरले जानकारी दिए । ११ गाविसले जोडिएको सिंजा प्रदेश अर्थात नेपाली भाषाको उदगम स्थल नै रहेछ सिंजा त । हाम्रो यात्रा अघि बढुञ्जेल करिब २ बजे बजिसकेको थियो । १ घण्टा कच्ची सड्कको यात्रा गरिसकेपछि हामी जुम्लाकै भुलभुले ठाँउमा पुग्यौँ । नेपाली सेनाको गुल्ममा मोटरसाईकल ईन्ट्री गरिसकेपछि केही अगाढी जाँदा त्यो ठाँउ अति नै सुन्दर र शान्त लाग्यो अझ भनौँ मरुभुमी जस्तै नांगो तर रोमाञ्चक ठाँउ सबै साथिहरुले मोटरसाईकल रोकेर फोटो लिईहाले । 

९३ किलोमिटरको नाग्म – गमगढी सडकखण्ड पार गर्न हामलिाई लगभग ५ घण्टा नै लाग्यो । त्यसो त नेपालको शासकिय मानसिकतामा कर्णाली यसैपनि टाढा छ । अनि त्यो टाढा रहेको कर्णालीलाई कर्णाली राजमार्गले जोड्ने काम गरेको थियो । करिब ४ बजे तिर हामी मुगु जिल्ला प्रबेश गरिसकेपछि नाग्मा– गमगडी सडकखण्डले धर्तिको स्वर्ग अर्थात स्वर्गकी अप्सरा रारा ताललाई हेर्ने सपना साकार पारिदियो । मोटरसाईकलको यात्रा सकिएपछि हामी रारा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पुग्यौँ त्यो भन्दा उता गाडी प्रबेश निशेध क्षेत्र रहेछ । निकुञ्जको नजिकैमा रहेको एउटा सानो पसलमा हामीले मोटरसाईकलहरुलाई पार्किङ गरेयौँ, त्यही खाजा स्वरुप बिष्कुट र चाउचाउ खायौँ । दिनभरीको थकाईले थकित भएको १५ जनाको हाम्रो टोली राराका लागी पैदल यात्रा गर्दै अघि बढ्यो । साँझपख हुनै लाग्दा हल्का चिसोले उत्ताउलो बनेको बातारणमा चराचुरुगींको चिर्बिराहट, भेडाहरुको बथान, पाटनमय ठाँउ साँच्चिकै धर्तिको स्वर्ग जाने बाटोझैँ प्रतित भयो । स्मृतीको पानामा सजिएको रारा तालको सुन्दरताले हामीलाई त्यहाँ पुग्दा दिनभरीको थकाई एकैछिनमा मेटाई दियो । रारा वास्तवमै बिशाल, भव्य र आर्कषक भएको भान भयो । जब हामी राराको छेउमा पुग्यौँ तब यसको सुन्दरताले मन यति प्रफुलित भयो कि झन्डै डेढ दुई घण्टासम्म रारा किनारको यात्रा हुदैँ कसरी रिर्सोट सम्म पुगियो हामिलाई पत्तै भएन । राराको सुन्दरता नियाल्ने र हरियाली रारा हेर्ने निर्णयका साथ २ दिनको यात्रा गरेर रारा पुगियो । डाँडाको टुप्पोमा आँदखाले भ्याादासम्म हेर्न सकिने बिशाल रारा अनि त्यहाँको सुन्दर वातावरणको बयान हाम्रो शब्दमा अपुग नै रहयो । 

मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा ठुलो ताल हो । सबै नेपाली पुग्न चाहने स्थल मध्येको एक हो रारा ताल । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उँचाइमा अवस्थित छ रारा ताल । १५ सय ८३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको चौडाई २.७ लम्बाई ५.१ किलोमिटर छ भने तालको अधिकत्तम गहिराई १ सय ६७ मिटर मापन गरिएको छ । यस ताललाई हिमाली क्षेत्रकै ताल मानिन्छ । रारा राष्ट्रिय निकुञ्जको सबैभन्दा आर्कषणको केन्द्र भनेकै रारा ताल हो । विश्व सिमसार क्षेत्रमा सुचिकृत गरिएको यस तालको मुख्य विशेषता भनेको स्वच्छ मुलबाट आएको पानी हो । सन १९७६ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना नै यहाँको जैविक विविधताको संरक्षणका लागी भएको हो । ताल क्षेत्रलाई प्रदुषणमुक्त बनाउन र वातावरणिय सन्तुलन कायम गर्न इन्जिन जडित कुनै पनि साधन ताल वरिपरी लैजान नपाईने व्यवस्था निकुञ्जले गरेको छ । यो व्यवस्था तालमा पुग्दा मात्र थाह भयो हामीलाई । धर्तिको स्वर्ग हेर्नका लागी कम्तिमा १÷२ घण्टाको पैदलयात्रा गर्न जरुरी नै हुन्छ नत्र सजिलै देखिने सुन्दरताको मुल्य पनि कमै हुन्छ शायद । यसैले पनि नियम बनाईएको रहेछ । आकर्षक गन्तव्य रारा तालमा जति मात्रामा बाह्य पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन तर आन्तरिक पर्यटक भने उल्लेखनीय रुपमा पुग्ने गर्छन् ।


ताल परिक्रमा गर्दै त्यस रात हामी रारा किनारमै रहेको डाँफे होटेलमा बास बस्यौँ । भोलिपल्ट बिहान हामी चियाँ खादै ताल अवलोकन गर्दै अगाडी बढ्यौँ । ताल अवलोकन गरेर फर्किदा हामी निकुञ्ज सुरक्षार्थ खएिको नेपाली सेनाको क्याम्प हुदै डुंगा स्थल पुग्यौँ । र्फकिदा हामी आधा आधा गरेर २ वटा डुंगा हुदैँ ताल नियाल्दै गयौँ । जब डुंगा मार्फत बिच भागमा पुगियो तब लाग्यो तत्कालिन राजा महेन्द्रले प्रिय रारालाई भेटेपछि यत्तिकै लेखेका रहेद्धन्, “ हे दैव, सुन्दरताको भण्डार सारा कै खनया, यसै रारामा राराकी अप्सरा ” । २०२० सालमा कोरिएका यि शब्दहरु अझै पनि तालको छेउ नजिकै शिलालेखमा सुरक्षित रहेकाछन । स्वर्गकी अप्सराको उपमा पाएको रारा साँचिकै स्र्वगकी अप्सरा नै लाग्यो । हामी राराको यहि सुन्दरतालाई क्यामरामा कैद गर्दे अनि मानसपटलमा अंकित गर्दे फर्कियौँ । र्फकिदाँ बाटोभरी रारा तालले मन तानिरहयो । 


यात्राको दोश्रो दिन हामी बिहान १० बजे तालबाट फर्किदै ताल्चा विमानस्थल पुग्यौँ । ताल्चा पुग्दा मकालुको विमान आउने तयारी भईरहेको हुनाले हामीलाई प्रहरीले केही समय प्रबेश हुन दिएन । विमान अवतरण भएर पून गईसकेपछि मात्र हामी विमानस्थल हुदै होटेल तर्फ गएर खाना खायौँ । हामी खाना खाएर निस्किदै गर्दा फेरी तारा एयरको विमान अवतरण भएर यात्रु बोकेर आफ्नो बाटो लाग्यो । अनि मात्र विमानस्थल हुदै सुनकलीको जिल्ला भनेर चिनिने मुगुलाई बाईबाई गर्दै आफ्नो अर्को गन्तव्य तिर लाग्यौँ । 

अर्को गन्तव्य हाम्रो जुम्लाको खलंगा पुग्नु थियो । करिब दिउसोको १२ बजिसकेको थियो हामी त्यहाँबाट फर्किदा । फर्केर हामीले फेरी अघिल्लो दिन चियाँ खाएकै ठाँउ अर्थात सिंजा प्रदेशको एउटा बजारमा पुगेर चियाँ खाएर अघि बढ्यौँ । फर्किदै गर्दा सिंजा प्रदेशमा नै पर्ने पाण्डवको गुफा हेर्न अवसर पनि जुर्यो । पाँच पाण्डवले १ एक बर्ष गुप्तबास बसेको गुफा हो भन्ने किम्बदन्ती छ त्यो क्षेत्र । पाण्डवहरु १३ बर्ष बनबास र १ बर्ष गुप्तबास बसेको कुरा सुन्न पाए पनि त्यसको बारेमा बिस्तृत रुपमा जानकारी थिएन । यो त जुम्लाकै सिंजा प्रदेशमा रहेछ भनेर गुफा हेर्दा बाट जानकारी प्राप्त भयो । त्यहाँ रहेको गुफमा पाँच पाण्डब र एक द्रोपतीको शिलाहरु कुदिएका थिए । त्यो अवलोकल गरेर हामी अघि बढ्यौँ । 


बेलुकाको ६ बज्नै लाग्दा हामी जुम्लाको खलंगा पुग्यौँ । जुम्लाको बासको लागी नाग्मबाट नै मित्र दिपेन्द्रले फोन मार्फत तयारी गरिसक्नु भएको थियो । त्यहि अनुसार हामी जुम्लाको मानसरोबर होटेलमा बास बस्यौँ, मैले त सुनेको मात्र थिए जुम्लाको रातो मार्सी चामलको बारेमा । त्यो रात त त्यही चामलको भात खुवाए होटेलवाला साउजीले । पहिलो पटक रातो मार्सीले पेट भरियो । भोलीपल्ट बिहान हामी जुम्लाका केही ठाँउ हेर्नका लागी तयारी भयौँ । त्यस बिहान जुम्ला एयरपोर्ट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्राविधिक शिक्षालय घुमेर हामी खलंगाबाट बिदाई भयौँ । 


बाह्रै महिना तातोपानी बग्ने ठाँउ भएको जुम्लाको तातोपानीमा नुहाएर जाने योजना पुरा नभएपनि त्यस ठाँउको अवलोकन गरेर हामी १२ बजे नाग्म पुगेर बिहानको खानाँ खायौँ । तर बिडम्बना हाम्रा मित्र शुसिल रावल हाम्रो संगसंगै भईरहेको यात्राबाट छु्टनु भयो ।  जुम्लाबाट फर्किने क्रममा मोटरसाईकल बिग्रपछि २ दिन जुम्लामै बस्नुपर्ने खबर उहाँले गुर्नभयो । त्यो खबरपछि हामीले उहँलाई आवश्यक पर्ने सबैकुराको व्यवस्था नाग्मबाट गरेर अछामको बाटो लाग्ने निधो गरयौँ । तिहार नजिकै भएकाले पनि हामी सबैले फर्किनु पर्ने थियो । तिहारकै कारण दिपक बिष्ट र भरतराज गिरी पनि हामी भन्दा केही समय अगाडी नै निस्किसकेका थिए । दिउसोको ३ बसिजसकेको थियो हामी कर्णालीको तिरैतिरबाट कालिकोटको मान्म हुदैँ आफ्नो बाटो लाग्यौँ । तिहारको झिलिमिली जताततै थियो भने देउसीरेहरु बाटोभरी देउसी खेलिरहेका थिए । बेलुका ५ बजेपछि कर्णाली पुल तरेर हामीले अछाम प्रवेश गरयौँ । त्यहि अनुसार अछामको सदरमुकाम मंगलसेनको ज्ञानुप्लाजामा रमाइलो गर्दै त्यो रात बित्यो । यात्राको अन्तिद दिन बिहान अर्थात गोर्बद्धन पुजाको दिन हामी छुट्टिए संगैँ हाम्रो रारा तालको ५ दिने यात्रा समाप्त भयो । 

यात्राका थप तश्विरहरु:





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?