कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । 
<"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको अभाव

३० कार्तिक २०७३, मंगलवार ०३:५३


कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । 

पाल्पामा पर्यटकीय गन्तव्य प्रसस्त रहेपनि पूर्वाधारको विकास हुन नसक्दा पर्यटक बसाइ लम्ब्याउन समस्या भएको हो । शीतल हावापानी पर्यटकका लागि घुमफिर गर्ने स्थल प्रशस्त भएपनि पूर्वाधारको अभावले पर्यटकको बसाइ लम्ब्याउन समस्या झेल्नुपरेको हो । 

पाल्पा नेपालकै घुमफिर गर्ने रमणीयस्थल भएपनि र पर्यटकलाई लालायित गर्ने सम्पदा प्रशस्त रहेपनि पछिल्ला वर्षमा थप पूर्वाधार निर्माण हुन नसक्दा पर्यटकलाई पाल्पा घुमफिरमा समस्या हुँदै आएको छ । 

पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाद्वारा सोमबार आयोजित सञ्चारकर्मीसँग सुझाव सङ्कलन कार्यक्रमका सहभागीले पूर्वाधार अवस्था कमजोर रहेकाले त्यसलाई निर्माण र पुनःनिर्माण हुनुपर्ने खाँचो रहेको आँैल्याएका हुन् । 

पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक सञ्जाल, सहज यातायात सेवा, पर्यटन सूचना केन्द्र, होटलको उचित व्यवस्था, सञ्चारको पहँुच, सभा हल, विमानस्थल, जलयात्रा सञ्चालन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रचार तथा पुनःनिर्माण गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । 

वरिष्ठ पत्रकार मेघराज शर्माले निजी क्षेत्रले पाल्पालाई अघि बढाउन ठूलो हात रहेपनि मिडिया र निजी क्षेत्रको समन्वय हुन नसकेको बताउनुभयो । पाल्पा टाइम्स साप्ताहिकका प्रधान सम्पादक झपीन्द्र गैरेले पर्यटकीय क्षेत्रको विकासको प्रचारका लागि मिडियाको ठूलो भूमिका रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ पाल्पाका सचिव किरण कौशलले नेपाल पत्रकार महासङ्घ र उद्योग वाणिज्य सङ्घ सहकार्य गरेर अघि बढ्न सकेको अवस्थामा पर्यटकीय क्षेत्रको समेत विकास हुने बताउनुभयो । उद्योग वाणिज्य संघ पाल्पाका पूर्व अध्यक्ष राजु महर्जन सडक लगायतका पूर्वाधार विकास गरेर पाल्पामा अझै पर्यटक भित्र्याउन सकिने बताउनुहुन्छ । 

पाल्पा उद्योग वाणिज्य सङ्घले जिल्लाका हार्थोक, छहरा, तानसेन, आर्यभञ्याङ्गलगायतका स्थानमा सदस्यसँग राय सल्लाह, सुझाव सङ्कलन गरी जिल्लालाई पर्यटकीय गन्तव्य बनाउनका लागि अघि बढ्ने उवासङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा