पुस १६, चितवन । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् । 

अङ्ग्रेजी नयाँ वर्षका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, चितवन । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् । 

अङ्ग्रेजी नयाँ वर्षका कारण "/>

2026-07-10 03:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक

2016-12-31

पुस १६, चितवन । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् । 

अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन् । विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक शङ्कर शैंलु बताउँनुहुन्छ । 

‘हाम्रो होटल तीन दिनदेखि भरिएका छन्, शैंजुले भन्नुभयो, आएका पर्यटकलाई अन्य होटलका रुम बुक गरेर पठाइरहेका छौँ, अन्त पनि धैरै होटल भरिइसके ।’ 

चालीसवटा कोठा रहेको रोयल सफारी होटलमा पनि पर्यटक भरिएर २० वटाकोठा बाहिरको होटलमा राख्नुपरेको सञ्चालक शम्भु माली बताउँनुहुन्छ । उहाँले विगतको वर्ष भन्दा यो पटक राम्रो पर्यटक आएको वताउनुभयो । उहाँले चार दिनका लागि होटल बुक भएको पनि बताउनुभयो । 

निकुञ्जसगँ जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञजले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ । 

निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जमा हात्ती र जिप सफारीमा पर्यटक गइरहेको बताउनुहुन्छ । चितवनको सौराहामा मात्र सानाठूला गरी ११० वटा होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । 

यतिबेला सौराहाको रेष्टुरामा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले बताउनुभयो । उहाँले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहाको राप्ती किनारमा पर्यटक रमाउने गर्दछन् । 

युनिक वाइल्ड रिसोर्टका सञ्चालक प्रकास भट्टराई र होटल पार्कल्यान्डका सञ्चालक अञ्जन पाण्डेले समेत आफ्नो होटल पर्यटकले भरिएको बताउनुभयो । पाण्डेका अनुसार उहाँको ३२ कोठामा आएका पर्यटकमध्ये ७० प्रतिशत नेपाली छन् । 

दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । ६० भन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छ । 

चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गँैडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन् । पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक दुई लाख बढी पर्यटक आउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो