पुस २७, काठमाडौँ । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, काठमाडौँ । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि "/>
३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१६ मा सात लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

२७ पुष २०७३, बुधबार १२:३२

पुस २७, काठमाडौँ । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । 

जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाइ छ । 

सन् २०१५ मा पाँच लाख ५४ हजार ७४७ जना पर्यटकले मात्रै नेपाल भ्रमण गरेकामा सन् २०१६ मा सोभन्दा एक लाख ७४ हजार ८०३ बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१४ मा भने सात लाख ९० हजार ११८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

विभागका महानिर्देशक केदार न्यौपानेले सन् २०१५ मा भूकम्प, आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका कारण घटेको पर्यटक आगमन सन् २०१६ मा सुधार आएको बताए । 

गत वर्ष नेपाल भ्रमण गर्नेमा शीर्षस्थानमा भारतीय, चिनियाँ र श्रीलङ्काका रहेका छन् । 

गत वर्ष सबैभन्दा बढी एक लाख १८ हजार २४९ भारतीय पर्यटक हवाइ मार्गबाट नेपाल आएका छन् । नेपाल आउने पर्यटकमा दोस्रो शीर्ष स्थानमा चिनियाँ पर्यटक एक लाख चार हजार पाँच रहेका छन् । जसमध्ये ८० हजार ५५३ जना हवाइ मार्ग र २३ हजार ४५२ रसुवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए । 

त्यसैगरी शीर्ष दशमा क्रमशः श्रीलङ्काली ५७ हजार ५२१ जना, अमेरिकी ५३ हजार ६४५, बेलायती ४६ हजार २९५, थाइल्यान्डका २६ हजार ७२२, म्यानमारका २५ हजार ७६९, अस्ट्रेलियाका २५ हजार ५०७, दक्षिण कोरियाली २५ हजार १७१, जर्मनीका २३ हजार ८१२ पर्यटकले गत वर्ष नेपाल भ्रमण गरेका छन् । 

यस्तै बङ्गलादेशका २३ हजार ४४०, जापानी २२ हजार ९७९, फ्रान्सेली २० हजार ८६३, मलेसियाका १३ हजार ६६९, क्यानडेली १२ हजार ४९१, स्पेनका १२ हजार २५५, नेदरल्यान्डका ११ हजार ४५३, इटलीका नौ हजार ९११, भुटानी छ हजार ५९५ र ताइवानी छ हजार ४२५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

यसैगरी सन् २०१६ मा इजरायलका पाँच हजार ५१२, बेल्जियमका पाँच हजार ४१६, रुसी चार हजार ९९८, सिङ्गापुरका चार हजार ८४९, डेनमार्कका चार हजार ८२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

भूकम्प, नाकाबन्दीपछि थलिएको नेपालको पर्यटनले बिस्तारै गति लिन थालेको पर्यटनको आगमनको बढोत्तरीले देखाएको छ । यही अनुपातमा पर्यटकको सङ्ख्या बढ्दै गए सन् २०१७ मा १० लाख पर्यटकले नेपाल भ्रमण गर्ने विभागका महानिर्देशक न्यौपानेको भनाइ छ । 

अक्टोबरमा सबैभन्दा बढी पर्यटकको भ्रमण 

अन्य महिनाको तुलनामा सेप्टेम्बर ,अक्टोबर र डिसेम्बर महिनामा सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गर्ने गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ । 

अक्टोबरमा ८७ हजार ३२६ जना, डिसेम्बरमा ७४ हजार ४०६ जना र सेप्टेम्बरमा ७२ हजार ७२० पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

जनवरी महिनामा ४० हजार २६०, फेब्रुअरीमा ५८ हजार ८७१, मार्चमा ७४ हजार ४९४, अप्रिलमा ५८ हजार २६२, मे महिनामा ४४ हजार ७२८, जुनमा ३६ हजार ८९७, जुलाइमा ४६ हजार १६०, अगस्टमा ६४ हजार ३८६, सेप्टेम्बरमा ७२ हजार ७२०, अक्टोबरमा ८७ हजार ३२६, नोभेम्बरमा ७१ हजार ४० र डिसेम्बरमा ७४ हजार ४०६ जनाले नेपाल भ्रमण गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा