गोविन्द लामिछाने/माघ ५, इलाम । इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । 

जस्बिरेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द लामिछाने/माघ ५, इलाम । इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । 

जस्बिरेव"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै

५ माघ २०७३, बुधबार ०६:१९

गोविन्द लामिछाने/माघ ५, इलाम । इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । 

जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो बनाउन र वनभोज थलोको रूपमा विकास गर्न स्थानीय जस्विरे पर्यटन विकास सरोकार समितिनै बनाएर अघि बढिरहेका छन् । 

माइपोखरी गाविसले दिएको रु ५० हजारमा स्थानीयले आफ्नै गोजीबाट रु एक लाख ५० हजार सङ्कलन गरी डाँडामा बाटो पु¥याएका छन् । डाँडाको वरिपरि बाटो निर्माण गरिरहेका छन्, जसको माध्यमबाट डाँडा वरिपरि घुमेर इलाम जिल्लाको आधाभन्दा बढी रमणीय भू–भाग दृश्यावलोकन गर्न सकिन्छ । 

चियाले ढाकिएको यो डाँडामा पार्क, चिल्ड्रेन पार्क निर्माण गर्दै घुम्न र वनभोज खान आउने पर्यटकका लागि आकर्षक थलो बनाउन लागिएको सरोकार समितिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो । यसका लागि गुरुयोजना बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो । 

वातावरणलाई समेत ध्यानमा राखेर प्राकृतिक रूपमा रमाउन चाहनेको रोजाइ कोठीडाँडा बन्न सकोस् भन्ने उद्देश्यले काम सुरू गरिएको स्थानीय कमल मुखिया बताउनुहुन्छ । 

स्थानीय जनजीवन र संस्कृति झल्कने प्रतिमा स्थापना गर्ने र लोप भएर गएको रोटेपिङ बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको अध्यक्ष सुब्बाले बताउनुभयो । “स्थानीय स्रोत साधन उपयोग गरेर यसलाई हामी सुन्दर बनाउने योजनामा छौँ”, अध्यक्ष सुब्बाले भन्नुभयो “दातृ निकाय र सरकारलाई हारगुहार गरेर हामी कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन लागिपरेका छौँ ।” 

पर्यटन विकासका लागि कोठीडाँडाका जग्गाधनीले समेत मञ्जुरी दिइसकेकाले यसलाई आवश्यकता अनुसार सुन्दर बनाउन कुनै समस्या नहुने पनि समितिले जनाएको छ । 

विसं १९२० मा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले यो ठाउँ मन पराएर कोठी बनाएर केही समय बसेकाले यसलाई कोठीडाँडा समेत भन्ने गरिएको छ । जङ्गबहादुर राणाका छोरी–ज्वाइँको दरबार भएकाले पनि कोठीडाँडाको ऐतिहासिक महत्व रहेको जस्विरेका पूर्व शिक्षक सूर्य सुब्बा बताउनुहुन्छ । यसको ऐतिहासिकतासँगै जोडेर आकर्षक थलोको रूपमा विकास गर्न स्थानीय जुटेको पनि उहाँले बताउनुभयो । 

कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय जुटिरहेका बेला मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले स्थलगत निरीक्षण गरेर यो डाँडालाई पर्यटकीयस्थल बनाउन आफू पनि सकारात्मक रहेको बताउनुभयो । 

डाँडाको अवलोकनपछि उहाँले यहाँबाट देखिने मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने भएकाले यसको पर्यटकीय सम्भावना रहेको उहाँको बुझाइ छ । 

स्थानीय पर्यटन सरोकार समितिले निर्देशक द्यौरालीलाई डाँडाको पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । कोठीडाँडा जिल्लाको सबैभन्दा बढी भू–भाग दृष्यावलोकनका लागि सबैभन्दा सहज र उत्तम थलो भएको बरबोटे गाविसका पूर्वउपाध्यक्ष गङ्गा भूर्तेलले बताउनुभयो । 

यसलाई पर्यटकीयस्थलको रूपमा विकास गर्नसके इलामको उत्तरी क्षेत्रको पर्यटन विकासमा थप बल पुग्ने सरोकारवाला बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह