फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीम"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको पर्यटकीय क्षेत्र देवचुलीमा पर्यटन पूर्वाधार बनाउन माग

२३ फाल्गुन २०७३, सोमबार ०२:५९


फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीमा पूर्वाधार बन्न सकेको छैन । 

देवचुली संरक्षण र पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष पदमराज गिरीका अनुसार धार्मिक रुपमा तीनकन्या माईको मन्दिर, बाइसे–चौबिसे राजा रुद्र सेनको दरबार रहेको ऐतिहासिक ठाउँको पूर्वाधार विकासमा राज्यले ध्यान नदिँदा पर्यटकीय महत्व बोकेको ठाउँ नै ओझेलमा परेको हो । थारु र मगर समुदायको घनिष्ट सांस्कृतिक सम्बन्ध रहेको देवचुली क्षेत्र हो । 

महाभारत पर्वत शृङ्खलाको १९३६ मिटर उचाइमा रहेको देवचुली डाँडा आफैँमा प्राकृतिक मनोरम दृश्य बोकेको स्थल हो । त्यसमा १८०० मिटर उचाइमा ठूलो ऐतिहासिक गुफा छ । 

महाभारत पवर्त शृङ्खलालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न झेरीखण्डेमा मगर सङ्ग्रहालय, देवचुलीमा तीनकन्यामाईको मन्दिर, रुद्रपुरमा शान्ति पार्क, रुद्र सेनको दरबारको भग्नावशेष संरक्षणलगायतका योजना स्थानीय स्तरबाट अघि सारिएको भए पनि पूर्वाधारको लागि सरकारी ध्यान नहँुदा काम हुन नसकेको गिरीको भनाइ छ । 

यो ठाउँमा पर्यटकीय पूर्वाधार विकास हँुदा स्थानीयको रोजगारसँगै गरिबी निवारण सहयोग पुग्ने अपेक्षाले आफूहरुले स्थानीय स्तरमा नयाँ कार्यक्रम बनाएर जान लागेको अर्खलाका देवबहादुर सुस्लिङको भनाइ छ । 

देवचुलीको विकासले नवलपरासीको सुन्दरता थप्ने छ । स्थानीय निकाय र केन्द्रीय स्तरबाट यो ठाउँको विकासमा ध्यान दिँदा १० गाविसका स्थानीय बासिन्दाको आयस्तर बढ्छ । एकातिर ठाउँको चिनारी अर्कोतिर रोजगारीको सिर्जना हुने भएकाले यसको विकास अपरिहार्य भएकोमा स्थानीयले जोड दिएका छन् । 

यस क्षेत्रको विकासले खासगरी लुम्बिनी आउजाउ गर्ने पर्यटकको गतिलो गन्तव्य बन्न सक्ने देबुचुलीको विकासमा सबैको ध्यान पुग्नपर्ने पुग्ने पर्यटन पत्रकार मञ्च नवलपरासीका अध्यक्ष विद्रोही गिरीले बताउनुुभयो । 

स्थानीय प्रयासमा देबचुली डाँडाको टुप्पोमा भ्यूटावर निर्माण र त्यहाँ पुग्ने ढुङ्गेबाटो निर्माण भइसकेको छ । महेन्द्रराजमार्गको दलदले बजारबाट गाडीमा २० किलोमिटर यात्रा गरेर तीन घन्टा ठाडो उकालो चढेपछि देबचुलीमा पुग्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने