२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

२०७५, २८ आश्विन आईतवार ०३:१२

असोज २८, सुर्खेत | लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको संख्या पनि बढेको छ ।

गत वर्ष ३ परिवार रारामा दशैंको दिन टीका लगाउन पुगेका थिए । यो वर्ष ७ परिवारले रिसोर्ट बुक गरेको रारा ताल छेउमा रहेको भिलेज हेरिटेज रिसोर्टका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनले भने, ‘रारामा दशैं मनाउनका लागि दुई दर्जनभन्दा बढी परिवारले सोधखोज गर्नु भएको छ तर अहिलेसम्म ७ परिवारले मात्र कन्फर्म गर्नु भएको छ ।’

दशैंको समयमा हवाई टिकटको समस्या हुन्छ भन्ने हल्लाले गर्दा कतिपयले असहज मान्ने गरेको उनले बताए । समयमै टिकट बुकिङ गरेमा यस्तो समस्या नआउने उनको भनाइ छ । हवाईजहाज चढेर रारा जानेहरुलाई ३ रात ४ दिनको प्याकेज होटल सञ्चालकले बनाएका छन् । त्यसका लागि एक व्यक्तिका लागि ३५ हजार रुपैयाँ खर्च लाग्दछ ।


यसैगरी गाडि चढेर रारा आउनेहरुलाई ७ दिनको प्याकेज छ जसका लागि प्रतिव्यक्ति २५ हजार ५ सय रुपैयाँ लाग्ने कार्कीले बताए । रारा राष्ट्रिय निकुञ्जमा सडक सञ्जालले छोएपछि सडकमार्ग हुँदै आन्तरिक पर्यटक आगमन वृद्धि भएको  हो । ताल्चा विमानस्थलको रनवे पनि पिच भएको छ । त्यसैले नेपालगन्जदेखि हवाईजहाजबाट समेत रारा जानेको संख्यामा उल्लेखनीय बृद्धि भएको छ ।

पर्यटकको आगमन बृद्धि भएलगत्तै रारा ताल नजिकै रहेका गाउँमा होमस्टे समेत सञ्चालन गरेका छन् । दैनिक ३ सयसम्म रारामा आन्तरिक पर्यटक जाने गरेका छन् । रारा ताल हेर्नलाई सबैभन्दा उपयुक्त स्थल मुर्मा टप हो । रारामा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट प्रजातीको माछा पाइन्छ । रारा तालका दिनमा तीन पटकसम्म पानीको रंगसमेत परिवर्तन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ