2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाकै बीच रारा घुम्न पर्यटक आउन थाले, रारापछि मुर्माटप ! (फोटो फिचर)

दान बहादुर बुढा | असोज २८, मुगु | नेपालको ठूलो कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा हिजो-आजको समय घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ । रारा पुगेपछि  मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वरिपरिको  दृश्य अवलोकन गर्न सकिने भएकाले पनि यो सिजनमा रारा भ्रमणका लागि निकै उपयुक्त समय भएकाले रारा पुगेपछि रारा नजिकै रहेको मुर्माटप हिमाल घुम्न छुटाउन नहुने स्थान रहेको छ ।

नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित रारा ताल अर्थात स्वार्गिय रारा महेन्द्रले नामकरण गरेको महेन्द्र तालले पनि निचिनिने रारा ताल केही समय कोरोनाले ६ महिनासम्म रारा सुनसान थियो । तर हिजो-आज बन्दा-बन्दी केही खुकुलो भएपछि रारा घुम्ने मुर्माटपमा पुगेर रमाउनेहरुको संख्या दिन प्रतिदिन बढी रहेको छ, यतिखेर रारामा  देश तथा विदेशी पर्यटकहरुको संख्या बढी रहेको हुँदा रमाईलो भईरहेको रारा डाँफे गेष्ट हाउसको संचालक पूर्ण देबी वमले बताएकी छन ।

रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन, त्यसका लागि रारा तालबाट १ घण्टा उकालो चढेर अथात घोडामा रमाउनेहरु घोडाबाट मुर्माटपमा जानुपर्छ । राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाल लगायत कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले अवलोकन गर्न पनि पाईन्छ ।

राराले एक दिनमा धेरै चोटी रङ फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक, कहिले आकासे जस्तो अनि कहिले खैरो । मौसम दिनको समय अनुसार दिनमै चार-पाँच पटक फेरिने रारातालको  पानीको रङमा मिस्रित देखिन्छ । सिन्जे र कान्जिरोवा हिमालको छाँयानाथको छायाले अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ ।

कोरानाको कहरकै बिच रारा घुम्न आएका आन्तरीक पर्यटक अज बहादुर शाहीपनि यस्तै अनुभव गरेका छन् । ‘रारा पुगेर मात्रै राराको सौन्दर्य थाहा नहुने रहेछ, साच्चै स्वर्गको आनन्द लिन रारा तालको दृश्य अवलोकलनका लागि मुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि हिमाल पहाड, नदी/नाला जडिबुटी, बनजङ्गल, बन्य-जन्तु, चराचुरुङ्गीहरुको पनि अवलोकन र आनन्द मिल्ने रहेछ’, यही कारण रारा पुगेका जुनसुकै पर्यटकहरुले एकपटक अर्थात सिजन अनुसारको समयमा राराको मुर्मा र चुचेमारा पुग्नै पर्ने स्थान रहेको शाहीले बताएका छन् ।

पर्यटकहरु रारासम्मको लक्ष्य लिएर मात्र आउने गर्दछन् । रारा आइसकेका पर्यटकहरुले एकपटक रारासँग रमाउन मुमाटर्प जानै पर्ने र राराको चित्रण गर्न यहाँका नागरीकहरुको अनुरोध छ । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर गहिराइ १६७ मिटर रहेको छ ।

यस तालमा दुर्लभ असला जातका माछा, रानीट्राउट, भ्यागुतो लगायत जलचर र रारा क्षेत्रमा ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तूरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवा ,दुलभ रेड पाण्डा ,लगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो