उदयपुरको त्रियुगा र कटारीमा मत गणना अनिश्चित, छानबिन समित गठनको माग

Posted on: 17 May, 2022

जेठ २, उदयपुर | उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा भने मत गणना अनिश्चित बनेको हो ।

मतदानका दिन प्रहरीले चलाएको गोली लागि ज्यान गुमाएका किशोरको छानबिन गर्न सरकारले उच्च स्तरीय समिति नबनाएसम्म मत गणना नगर्ने राजनीतिक दलहरूको अडानका कारण कटारी नगरपालिकामा मत गणना हुन नसकेको हो । 

मतदानका दिन उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक बिद्यालयमा मतपेटिका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट १९ वर्षीय नवीन भन्ने वीरबहादुर कटुवालको घटनास्थलमा नै ज्यान गएको थियो । गोलीबाट लागेर घरैमा बसिराखेको १४ वर्षीय बालक मोहनबहादुर श्रेष्ठ पनि घाइते भएका थिए । मोबाइल गस्तीमा रहेकाे प्रहरी टाेलीले एक्कासी गोली चलाएको स्थानीयकाे आरोप छ ।

मतदान गर्न लाइनमा बसेका मतदाताहरूबीच आपसमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएकाे कटारी नगरपालिका–१० सोरुङ छबिसेका झनकबहादुर राईले बताए ।

सर्वदलीय वैठकमा दलहरूले कटारी नगरपालिका–१० सोरुङ्गको घटनाका विषयमा भएको निर्णय बमोजिम छानबिन आयोग गठनपश्चात मात्रै मतगणना सुरु गर्ने निर्णय गरेपछि मत गणना प्रभावितत भएकाे हाे  ।

यसैगरी त्रियुगा नगरपालिकाको निर्वाचन गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट मतदान केन्द्रमा स्थगित भएको मतदान प्रक्रिया अन्यौलमा परेको छ । निर्बाचनको काम नसकिदै उनले स्वास्थ्यको कारण देखाएर खनालले राजीनामा दिएका हुन् । उदयपुरको ९८ मतदान स्थलमध्ये सदरमुकामस्थित त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा भएको विवादपछि मुख्य निर्बाचन अधिकृतले राजीनामा दिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!