2026-09-18 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

दशैंमा श्रीमान घर नअाउँदा सिर्जनालार्इ तनाव (भिडियाे सहित)

असोज ६ ओखलढुंगा । हिन्दु नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । काम विशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । युवाहरु गाउँ फर्किए पछि सुनसान बनेका गाउँहरुमा चहल पहल बढेको छ, भने दशैंका लागि मिठो,मसिनो जोरजम्मा गर्नेक्रम चलिरहेको छ । शुभकामना आदान प्रदान लगाएतका कार्यक्रमहरु चलिरहेका छन् ।

यतिबेला रेडियो र टेलिभिजनमा बजेका दशैं गितले गाउँहरु संगित मय भएका छन् । यात्राका क्रममा सवारीमा पनि यो बेला दशैं गित नै सुन्न पाईन्छ ।

यहि दशैं विशेष गित संगितको दुनीयामा अर्को एउटा दशैं गित र त्यसको भिडियो सार्वजनिक भएको छ । घर फर्कीएर परिवारसँगै दशैं मनाउन नपाएको वेदनालाई समेटिएको आउन पाइन प्यारी यो दशैंमा बोलको गित र भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

यामराज कवर र गंगाराम ओलीको शब्द र यामराज कवरको लयमा रहेको उक्त गितमा गायीका चन्द्रकला कवर र गायक गंगाराम ओलीले स्वर दिएका छन् । शबनम फिल्म एण्ड कलाकेन्द्रले दृष्य निर्माण गरेको आउन पाइन प्यारी यो दशैंमा बोलको गितको भिडियोमा सिर्जना बर्देवा र सुवास तामाङ्गले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन सरोज रोशन भट्टराईले छायांकन अजय रेग्मीले र सम्पादन अधिनायक मान शेरचनले गरेका छन् । भिडियोको बाग्लुङ्ग कालीका म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >> https://www.youtube.com/watch?v=-QxtMP9Qsbshttp://

यो गितको भिडियोमा अभिनय गर्ने सिर्जना बर्देवा ओखलढुंगाकि सकृय पत्रकार हुन् । उनि भिजन एफएममा आवद्ध छिन् । उनले अहिले सम्म १२ वटा गितमा स्वर दिईसकेकी छन् भने दुई वटा म्युजिक भिडियोमा अभिनय गरेकिछन् । कला र गलाकी धनि खोटाङकी बर्देबा कलाकारिता र पत्रकारिता दुवै पेशालाई सँगसँगै अघि बढाउने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई