प्रेम सुनार | गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्त"/>
१९ माघ २०८२, आईतवार
अछाम - ACM

तुलसिंहलाई देविले भनिन्–‘ढंग भए रंग हुन्छ नाच्न

९ श्रावण २०७३, आईतवार १७:५९

प्रेम सुनार | गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्तिले गायक तुलसिंह रनपछाईलाई   सोल्टा ढंग भए पो रंग हुन्छ नाच्न.. भन्दै जिस्कीदै थिईन् ।

तीज गीतको वोल नै–‘ ढंग भए पो रंग हुन्छ नाच्न , वारुले कम्मर मरक्कै भाँच्न….’  रहे छ र पो उनि जिस्कीएकी रहेछिन् ।  जसमा अभिनय गर्दै थिए चर्चित नृत्य निदेशक विजय थापा र ऋचा थापा । निकै रोमान्टीक दृश्य र नृत्यमा अभिनय गरिएको उक्त वोलको गीत आज देखि टेलिभिजनको पर्दामा देख्न पाईएको छ ।  

दुई दर्जन भन्दा बढि लोक तथा दोहरी गीत गाएर आफुलाई  पछिल्लो समयका चर्चित कलाकारहरुको  पंक्तीमा  उभ्याएका र सञ्चारकर्मीका रुपमा समेत यस जिल्लामा स्थापित कलाकार तुलसिंह रनपछाईले आज देखि उक्त वोलको  तीज गीत बजारमा ल्याएका हुन् ।

आज सर्वत्र वजारमा उक्त गीत उनले ल्याए पनि  हिजो रेसुङ्गा टेलिभिजनकाको प्रथम वार्षिकोत्सवको अवसरमा उनले  दर्शक श्रोता माझ पस्केर ताली बटुलेका थिए । गुल्मीकै सर्जक नेत्र अर्यालको शव्द तथा लय सिर्जना भएको गीतलाई  रनपछाई र  अर्की चर्चित गायिका देवि घर्तिको  सुमधुर स्वरले सजाईको  छ ।

गुल्मीकै हरि बस्नेतको प्रस्तुतीमा रहेको गीतलाई शिव दर्शन फिल्मसले  वजारमा ल्याएको छ ।  रत्यौली पाराको तीज गीतले विकृति ल्याई रहेको बेला तुलसिंहको यस गीतले मौलिकता समेट्न खोजेको छ ।  गत वर्ष ‘नाची देउ सानु छम्छम् …’ वोलको तीज गीत अहिले पनि चलिरहेको वेला यसपालीको ढंग भए पो रंग हुन्छ नाच्न …वोलको गीत पनि श्रोताले मन पराई दिने कुरामा आफु विश्वस्त रहेको रनपछाई बताउँ छन् ।

‘कति महान छौं….’ र ‘तिमी मेरी होईनौं सानु…. ’जस्ता दुई दर्जन भन्दा बढि वियोगान्त गीत गाएर श्रोतको मन जितेका गायक तथा सञ्चारकर्मी तुलसिंह रनपछाईले अव छिट्टै एकनारायण भण्डारीको लय सिर्जनामा अर्को वियोगान्त गीत    वजारमा ल्याउने तयारीमा रहेको बताए ।

उक्त गीतको भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार