२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा गयो शक्तिशाली भूकम्प

२०७३, ७ आश्विन शुक्रबार ११:१६

असोज ७, टोकियो । पूर्वी जापानको तटीय सहरमा शुक्रबार एक शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ९:१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस्थाले जानकारी दिएको छ । 

सो भूकम्पको केन्द्रविन्दु कात्सुउराबाट सहर १५० किलोमिटर टाढा आसपासकै इलाकामा रहेको बताइएको छ। जापानको मौसमविज्ञान विभागका अनुसार भने यो भूकम्प ६.५ रेक्टर स्केलको मापन गरिएको छ । 

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० रिक्टर शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो । गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो । 

यस भूकम्पपछि १ हजार ७ सय पटक पराकम्पनहरु महसूस गरिएको जापानी सञ्चार माध्यमले बताएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी