चैत २४, काठमाडौँ | ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेल जीवन बिताएर बाहिर आएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियङ्का गान्धीसँग भेट गरेका छन् ।
सिद्धुले राहुल र प्रियङ्कासँगको भेटको तस्बिर ट्विट गर्दै भनेका छन्, ‘नयाँ दिल्लीमा गुरु राहुल जी र मित्र दार्शनिक प्रियङ्का गान्धीलाई भेटे। तिमी मलाई जेलमा हाल्न सक्छौ, मेरो सबै खाताहरू ब्लक गर्न सक्छौँ, तर पन्जाब र मेरा नेताहरूको लागि मेरो सङ्कल्प एक इन्च पनि पछि हट्ने छैन।’
भारत सरकारले विपक्ष दलका नेता राहुल गान्धी माथि धरपकड गरेको भाष्य निर्माण भइरहेको बेला सिद्धुको यो ट्विटको राजनीतिक अर्थ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९८८ को रोड रेज मामिलामा जेलमा रहेका सिद्धु १ अप्रिलमा पटियाला जेलबाट रिहा भएका थिए ।