यात्रुले चालक दलका सदस्यसँग झगडा गरेपछि लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दिल्ली फर्कियो

Posted on: 10 Apr, 2023

एजेन्सी | दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमानमा अर्को एउटा यात्रुको दुर्व्यवहारको खबर बाहिर आएको छ । 

समाचार एजेन्सी एएनआईले एयर इन्डियालाई उद्धृत गर्दै दिल्लीबाट लन्डनका लागि उडान भरेको केही समयपछि फर्किनुपर्ने बताएको थियो ।

एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले चालक दलका सदस्यहरूसँग झगडा गर्न थालेको बताएको थियो । 

अधिकारीका अनुसार यात्रुलाई उनको व्यवहारबारे चेतावनी पनि दिइएको थियो तर उनले सुनेनन् । एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले क्याबिन क्रुका दुई सदस्यहरूलाई शारीरिक चोट पनि पुर्‍याएको जानकारी दिएको छ ।

यसै कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो । एयर इन्डियाका अधिकारीहरूलाई उद्धृत गर्दै यस विषयमा दिल्ली एयरपोर्ट पुलिसमा उजुरी दर्ता गरिएको बताइएको छ ।

यात्रुको थप विवरण भने आइसकेको छैन । यसअघि पनि एयर इन्डियामा यात्रुसँग दुर्व्यवहारको गुनासो आएको थियो । केही दिन अघि एक यात्रुले सहयात्रीमा पिसाब फेरिदिएका थिए । यो विषय निरन्तर चर्चामा रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!