२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यात्रुले चालक दलका सदस्यसँग झगडा गरेपछि लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दिल्ली फर्कियो

२०७९, २७ चैत्र सोमबार ०६:४४

एजेन्सी | दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमानमा अर्को एउटा यात्रुको दुर्व्यवहारको खबर बाहिर आएको छ । 

समाचार एजेन्सी एएनआईले एयर इन्डियालाई उद्धृत गर्दै दिल्लीबाट लन्डनका लागि उडान भरेको केही समयपछि फर्किनुपर्ने बताएको थियो ।

एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले चालक दलका सदस्यहरूसँग झगडा गर्न थालेको बताएको थियो । 

अधिकारीका अनुसार यात्रुलाई उनको व्यवहारबारे चेतावनी पनि दिइएको थियो तर उनले सुनेनन् । एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले क्याबिन क्रुका दुई सदस्यहरूलाई शारीरिक चोट पनि पुर्‍याएको जानकारी दिएको छ ।

यसै कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो । एयर इन्डियाका अधिकारीहरूलाई उद्धृत गर्दै यस विषयमा दिल्ली एयरपोर्ट पुलिसमा उजुरी दर्ता गरिएको बताइएको छ ।

यात्रुको थप विवरण भने आइसकेको छैन । यसअघि पनि एयर इन्डियामा यात्रुसँग दुर्व्यवहारको गुनासो आएको थियो । केही दिन अघि एक यात्रुले सहयात्रीमा पिसाब फेरिदिएका थिए । यो विषय निरन्तर चर्चामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल