२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु

२०७९, २८ चैत्र मंगलवार ०७:००

चैत २८, घाज्नी (अफगानिस्तान) | देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । 

हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ । 

गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विष्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए । चार दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका  बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल