सेनाको घातक हवाई हमलाबाट म्यानमारमा कम्तीमा ५३ को मृत्यु

Posted on: 11 Apr, 2023

एजेन्सी | म्यानमारमा जारी गृहयुद्धमा सेनाद्वारा गरिएको घातक हवाई हमलामा कम्तीमा ५३ जना मारिएका छन् । हमलामा बाँचेका मानिसका अनुसार मृत्यु हुनेमा कम्तीमा १५ महिला र बालबालिका समावेश छन् । 

हमलामा सैन्य सरकारको विरोध गर्ने सागेंग क्षेत्रको एउटा गाउँलाई निशाना बनाइएको छ । फेब्रुअरी २०२१ मा सत्ता हातमा लिएपछि सेनाले आफ्ना विरोधीविरुद्ध हवाई हमला गरेको हो ।

सागेंगका समुदायले म्यानमारमा सैन्य शासनको सबैभन्दा बलियो विरोध गरेका छन् । उनीहरुले आफ्नै मिलिसिया गठन गरेका छन् र आफ्नै स्कुल र क्लिनिक चलाइरहेका छन् ।

एक प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा एक सैन्य जेटले बिहान करिब ७ बजे उडान भरेको र एउटा कम खसालेको जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!