पेरुमा बस दुर्घटनाः १० जनाको मृत्यु, २५ घाइते

Posted on: 11 Apr, 2023

एजेन्सी | पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्  । सो दुर्घटना केन्द्रीय राजमार्गको १०९ किलोमिटरमा दिउँसो करिब २:३० बजे भएको पेरुभियन राष्ट्रिय प्रहरीको राजमार्ग सुरक्षा डिभिजनका प्रमुख कर्नल भिक्टर मेजाले राज्य समाचार एजेन्सी एन्डिनालाई बताएका छन् ।

बस ह्वानुकोको केन्द्रीय विभागबाट राति ८ः०० बजे त्यसतर्फ प्रस्थान गरेको थियो। सो बस लिमा जाँदै गर्दा चट्टानबाट चिप्लिएर करिब सात मिटर तल रिमाक नदीमा खसेको थियो । पेरुभियन रेडियो स्टेशन रेडियो प्रोग्रामास डेल पेरुका अनुसार बसमा छ जना नाबालिग सहित ६० जना यात्रु सवार रहेको र तीमध्ये तीन जना घाइते भएका थिए । 

घाइते २५ जना मध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी घाइते भएका बस चालकलाई पनि दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चिक्लामा हिरासतमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!