२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपालमा लुकेको भनिएका भारतीय ‘डन’ असदको युपी प्रहरीद्वारा ‘इन्काउन्टर’

२०७९, ३० चैत्र बिहीबार ११:४६

चैत ३०, काठमाडौँ | नेपालमा लुकेर बसेको भनिएका भारतीय ‘ग्याङस्टार’ अतीक अहमदका छोरा असद र उनका सुटर गुलाम मोहम्मदको उत्तर प्रदेश (युपी) प्रहरीले ‘इनकाउन्टर’ गरेको छ। 

उमेश पालको हत्या अभियोगमा युपी सरकारले डेढ महिनादेखि उनीहरूको खोजी गरेको थियो। सीमा जोडिएका कारण यी दुवै भागेर नेपाल प्रवेश गरेको यसअघि भारतीय अखबारहरूले जनाएका थिए। 

युपी सरकारले दुवैको सूचना दिने व्यक्तिलाई ५–५ लाख रुपैयाँ इनाम घोषणा पनि गरेको थियो। २४ फेब्रुअरीमा प्रयागराजमा उमेश पालको हत्या भएपछि सीसीटिभी फुटेजमा अतीक मोहम्मदका छोरा असद गोली हान्दै गरेको अवस्थामा कैद भएका थिए। 

हत्या विरोधमा मुख्यमन्त्री योगी आदित्यनाथ सरकारविरूद्ध आक्रोश व्यक्त भएको थियो। योगी आदित्यनाथ युपीको मुख्यमन्त्री नियुक्त भएयता प्रदेशलाई ‘गुण्डाराज’मुक्त गर्न क्रियाशील छन् भने उमेश पाल हत्याकाण्डले उनको तीब्र आलोचना भएको थियो। 

मुख्यमन्त्री योगीले युपीको संसद् भवनमा उमेश पालको हत्यामा जोडिएका मानिसको तुरुन्त सफाया गर्ने भन्दै प्रहरीलाई विशेष निर्देशन दिएका थिए। 

बिहीबार झाँसीमा उनीहरूको ‘इन्काउन्टर’ भएको प्रहरीले बताएको छ। डीआईजी अनन्त देव तिवारी भन्छन्, ‘असद र मकसुदलाई हाम्रो टोलीले मारेको हो। उनीहरूबाट पिस्तोल, रिभल्वर र विदेशी हतियार बरामद भएको छ।’

उमेश पालको आमाले आफ्नो छोरालाई दिनदहाडै मार्ने व्यक्तिको ‘इन्काउन्टर’को खबरले आफूलाई शान्ति प्राप्त भएको बताएकी छिन्। 

छोराको इन्काउन्टर हुँदा प्रयागराज अदालतमा अतीक अहमदलाई छोड्ने विषयमा बहस चलिरहेको थियो। अतीकलाई मंगलबार गुजरातको साबरमती जेलबाट प्रयागराज अदालत ल्याएको थियो। उनीविरूद्ध हत्या, फिरौति लगायत थुप्रै मुद्दा दर्ता भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते