असोज १३, काठमाडौँ । भारतीय सेनाको आक्रमणबाट आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । उसले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १३, काठमाडौँ । भारतीय सेनाको आक्रमणबाट आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । उसले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मार"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय सेनाको आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु

१३ आश्विन २०७३, बिहीबार ०८:२७


असोज १३, काठमाडौँ । भारतीय सेनाको आक्रमणबाट आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । उसले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मारिएको बताएको छ ।

भारतले भने पाकिस्तानी भुमिमा प्रवेश गरेर भारतीय सेनाले दुई आतंकवादी मारेको बताएको छ ।

भारतले आफ्नो भूमिमा सर्जिकल अपरेशन गरेको नभइ सीमामा गोली हानाहान भएको दाबी पाकिस्तानले गरेको छ । उक्त भीडन्त भिम्बर, कल र लिपा गाउँको आसपासमा भएको पाकिस्तानले जनाएको छ ।

विभाजित काश्मिरको सीमा मानिएको ‘लाइन अफ कन्ट्रोल’ क्षेत्रमा भारत र पाकिस्तानबीच कहिलेकाहीँ गोली हानाहान हुने गरेको छ । भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण भएकोले अहिलेको भीडन्तले दुई परमाणु शक्ति राष्ट्रबीच युद्व हुनसक्ने त्रास फैलिएको छ ।

केही समयअघि भारतको कास्मिरमा आतंकवादी हमलामा १९ जना भारतीय सैनिकको ज्यान गएपछि भारत र पाकिस्तानबीचको सम्वन्ध तनावपूर्ण भएको हो । यदि भारतले आफ्नो देशमा कुनै किसिमको आक्रमण गरे, त्यसको जवाफ परमाणु बमको प्रयोगबाट हुने पाकिस्तानले चेतावनी दिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने